२०८२ चैत्र २६, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु

गण्डकी प्रेस
चैत्र १६, २०७८ १४:५८ मा प्रकाशित
अन्तर्वार्ता
अवसर पाए वडालाई झै महानगरलाई पनि स्मार्ट बनाउन सक्छु
57
SHARES
Share on FacebookShare on Twitter


बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदैँछ । पोखरामा मेयर हुने चर्चाहरु चलिरहेकै छन् । मेयरकै चर्चामा आएका युवा व्यक्ति हुन पोखरा महानगरपालिका वडा १३ का वडा अध्यक्ष दर्शन लामा । ३३ वटा वडा मध्येको नमुना वडा र स्मार्ट वडा बनाएका वडा अध्यक्ष लामा संग वडाको विकास, अनुभव, योजना र आगामी निर्वाचनका लागि उम्मेदवारको विषयमा गरिएको कुराकानी ।

वडा अध्यक्ष भएर पाँच वर्ष काम गरेको अनुभव कस्तो रह्यो ?

वडा अध्यक्ष भएर पाँच वर्ष चाहीँ वडा १३ मा सबै किसिमको भुमिका खेलेको जस्तो लाग्छ मलाई । म एक सामाजिक व्यक्तित्व भएका कारणले पनि विशेषगरी गुणस्तरीय शिक्षा देखी अपांगमैत्री पैदलमार्ग बनाउने काम पनि गरे ।
पहिला समाजसेवी हुदाँ गर्न नपाएका काम चाहीँँ जनप्रतिनीधि भएर गर्ने अवसर प्राप्त गरे । पाँच वर्ष राम्रो र फलदायी रह्यो ।

जनप्रतिनीधि हुनु अघि तपाईँ आफैले पनि नेताहरुले देश विकास गरेनन् गर्न दिएनन् भनेरै विरोध गर्नुभयो तर, अहिले आफै नेताभएर काम गर्नुभयो नी ?

अझैपनि राजनीतिमा लाग्ने मान्छेले धेरै कुरा सिक्नुपर्ने जस्तो मलाई लाग्छ । अब यो भनिरहँदा नेता तथा ठुला व्यक्तिहरुलाई असर पर्न सक्छ हाम्रोमा एक किसिमको मात्र सडके विकासमात्रै भयो त्यो पनि वैद्यानिक किसिमका भएनन् ।

हामीले वडा १३ मा विकास भनेको त्यो मात्रै हैन त्यो भन्दा अन्य सुचकहरु पनि छन् भनेर हामीले देखायौँ । एक किसिमले त्यहाँ नतिजा निस्किदाँ कहिँकतै पनि औला उठाउने ठाउँ रहेन । उदाहरणका लागि हाम्रा वडाका ३ टोलहरु फोहोर शुन्य फोहोर व्यवस्थापन उन्मुख वडाको रुपमा रहेका छन् । अर्थात त्यहाँ शुन्य किसिमका फोहोरहरु छन् त्यो नेपालमै पहिलो चोटी हो । दोस्रो कुरा भनेको हामीले प्रत्येक नागरिकको डिजिटल नागरिक प्रोफाइल तयार गरेका छौँ । हाम्रोमा सेवा लिदाँ २ मिनेट भन्दा ३ मिनेट बस्न नपर्ने व्यवस्था हामीले गर्‍यौ । अर्को कुरा भनेको अहिले तपाईँले पोखरा महानगरपालिका भित्र अहिले अपांगमैत्री सडकहरु देख्नुभएको छ सुरुमा हामीले अग्रजहरुलाई कुरा गर्दाखेरी होइन सक्षम र सवल व्यक्ति त यहाँ हिड्न सक्छन् आफ्नै ढंगले खाल्डो भएपनि तर्किन सक्छन तर असक्षम व्यक्तिलाई हिड्न असहज छ भनेर हामीले अपागंमैत्री संरचना बनाउ भन्यौ तर नेताहरुले त्यो कुरालाई विश्वास गरेनन् । त्यसपछि हामी आफैले त्यो सुरुवात गर्‍यौ र पोखरा महानगरपालिकाकै सबैभन्दा पहिलो अपांगमैत्री फुटपाथ निमार्ण गरेका हौ त्यसपछि बल्ल महानगरले त्यो सिको गरेको हो ।

सामुदायिक शिक्षामा परिवर्तन गर्‍यौ । वडाका सबै सामुदायिक विद्यालयमा एकै किसिमका पाठ्यक्रम तयार गर्‍यौ सोहि अनुसार वडास्तरीय प्रश्नपत्र निकाल्ने काम पनि गर्‍यौ । हामीले वडामा के कसरी काम गर्ने भनेर क्यालेन्डर पनि निकाल्यौ त्यो कामको अगुवा हामीले गरेका हौ पछि महानगरले पनि सुरु गर्‍यो । वडा भित्र रहेका ७ संस्थागत विद्यालहरुमा समेत हामीले गरिब विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थापन गर्ने समन्वय गरेका छौँ । वातावरणमैत्री सडक बनायौँ । अर्को भनेको हामीले विहान बेलुकाको समयमा सडक काट्न गाह्रो हुनेभएपछि हामीले आवश्यक परेको खण्डमा मात्रै प्रयोग हुने ट्राफिक लाइटको व्यवस्थापन गरेका छौँ । तपाईँको प्रश्नलाई हेर्दा साच्चिकै सक्षम नेतृत्व आउँदा विकामप्रेमी समाजसेवी आउँदा फरक हुन्छ र विकास हुन्छ भन्ने जनतामा विश्वास जागेको छ । हामीले यहाँकै स्रोत साधनको प्रयोग गरेर गरेका कामहरु हिजोका अग्रजहरुले गरेको भन्दा धेरैनै फरक छन् । त्यो कारणले गर्दा हिजो म नहुदाँ भएको धारणा र अहिलेको धारणा फरक भएको छ त्यो कारणले युवा नेतृत्व आउँनुपर्ने रहेछ ।

जनप्रतिनीधि भएर आइसकेपछि नीति नियम नहुदाँ काम गर्न कत्तिको असहज भयो त ?

अब नीति निमार्ण महानगरपालिकाको कार्यपालिकाले तय गर्छ । नीति निमार्ण गर्ने जिम्मा हाम्रै हो । हामीपनि कार्यपालिका सदस्य हौँ । यद्यपी सुरुको हामी सरकार भएका कारणले धेरैकुरा नयाँ भए हामीलाई पनि प्राक्टिस भएन । हामीले काम गर्नका लागि आफ्नै कानुन, विधान, एन बनाउनुपर्ने हुदाँ केही प्राक्टिसको कमीले गर्दा हामी अन्योलमा परेका हौँ । कमीकम्जोरी भएकै हो केही अफ्टेराहरु पनि आएकै हुन् अबका जनप्रतिनीधिले त्यो भोग्न पर्ने बाध्यता छैन् ।
राजनीतिक जीवनमा यो पाँचको वडाअध्यक्षलाई कसरी हेर्नुभएको छ ?

यो पाँच वर्षले जहाँसम्म लाग्छ मैले के काम गरे भनेर आम जनतालाई नै सोध्नुपर्ने हुन्छ मैले । नागरिकबाट पाएको प्रतिक्रियाले नै मेरो पाँच वर्ष कस्तो भयो भन्ने देखाउँछ । म मलाई विश्वास छ वडा १३ महानगरका ३३ वटै वडामध्ये नमुना वडा बनाए । मैले वडा अध्यक्ष हुदाँ भन्दा बाहिर रहँदा पनि समाजसेवा गरेकै हुँ । जनताले चुनेर पठाएपछि एउटा अवसर भयो र यो अवसरको मनैदेखी प्रयोग गरेको हुनाले ठुलो उपलब्धि हासिल गरेको जस्तो लाग्छ । पाँच वर्षको कामले आगामी राजनीति जिवनमा थप विश्वास बढेको र आगाडी बढ्न पनि महत्वपुर्ण भुमिका खेलेको छ । यसैको कारण नेकपा एमाले भित्र भएको निर्वाचनमा पनि मलाई आम कार्यकर्ताले अत्याधिक मत दिएर विजयी बनाउनुभयो त्यो भएको कारणले यसले फाइदा नै भएको छ ।

तपाईँ युवा व्यक्ति अब नेपाली समुदायमा लाहुरे हुने त्यो पनि तपाई जनजाति जहाँ लाहुरेहुनुपर्छ भन्ने मान्यता नै रहेको छ । युवा व्यक्ति राजनीतिमा आउँदा परिवारको सहयोग मिल्यो त ?

सबैभन्दा पहिला राजनीतिलाई पेशको रुपमा नलिने युवा मध्येको एक म । मैले २०५७ सालमा एसएलसीको परीक्षा दिदाँ खेरीनै मेरो व्यवसायलाई अघि बढाउनुपर्छ भनेर निरन्तर व्यवसायमा लागे । अहिले पनि म थुप्रै व्यवसायमा छु । त्यतिबेलापनि राजनीतिमा लागेकै कारण परिवारबाट त्यसतो समस्या आएन । तपाईले भनेझै जनजाति परिवारकै भएपनि मेरो परिवारमा यो लाहुरे नभएपनि परिवार पाल्छ भन्ने विश्वास थियो र राजनीति गरेर केहि असर गर्दैन् परिवार चलाउने पारिवारीक व्यवसाय छ भन्ने भएकै भएर समस्या आएन् ।

महानगरपालिकाले अघि सारेको स्मार्ट सिटिको अवधारणा पुरा हुन सकेन जुन कुरा हामीले तपाईँको वडामा देख्न पायौँ तपाईँले यस्लाई कसरी हेरिरहनुभएको छ ?

असम्भव भन्ने कुरा केहि छैन । नेपाल सरकारको नीति भन्दा बाहिर अर्थात सरकारले नीति नै नबनाउँदा पनि स्मार्टनेसका कुराहरु आइरहेका थिए । आज सहकारीले ई बैंकिक चलाइराखेको छ, एटिएम बनाइराखेका छन् यी भनेका पनि स्मार्टनेसका पुर्वाधारहरु हुन् । अब चाहने हो भने गर्न सकिन्छ । महानगरमा विभिन्न कारणले गर्दा चाहेको जस्तो पनि हुन सकेन । जस्तै सार्वजानिक यातायातमा स्मार्ट कार्ड ल्याउने गरी सुरु गर्न नपाउँदै हरायो त्यो भनेको हामीले पुर्वा तयारी र आवस्यक पर्ने पुर्वाधारका लागि अनुसन्धान नगरेकै कारणले गर्दा हो । हाम्रै पालामा हामीले नै पोखरालाई स्मार्ट सिटि बनाउन सकिन्छ तर दृढता र कटिबद्ध भएर लाग्ने इच्छा शक्ति हुन पर्‍यो अर्को कुरा भनेको नेतृत्वमा त्यो क्षमता पनि हुन पर्‍यो । मुखले मात्रै भनेर भएन नी त जस्तै फोहोर मैलालाई व्यवस्थापन गर्न स्मार्टनेस ल्यायो भने त्यसलाई आवस्यक पर्ने केके हो ? त्यसलाई कुन प्रविधिमा लाने ? हामीसंग प्राविधिकहरु छन् हामीले देखेका थुप्रै सपनाहरु चक्नाचुर भएको अवस्था छ नेतृत्व लिएर काम गर्ने युवाहरु आउने हो भने सम्भव छ ।

यदि तपाईँ पोखरा महागनरको मेयरमा आउनुभयो भने महानगर कस्तो हुन्छ ?

म पोखरा महानगरपालिकाको मेयर भएभने स्मार्ट महानगर बनाउनेछु । म एक आइटिको विद्यार्थी पनि भएको हुनाले सवैभन्दा पहिला महानगरपालिका बाट दिएको सेवाप्रवाहहरु झन्झटिलो,अफ्टेरो, जनतालाई दु:ख हुने त्यो सेवालाई चाहिँ मैले कम्सेकम सुरुका दिनमा कर्मचारी १० बजे आएर जनताप्रति उत्तरदायि भएर काम गर्ने वातावरण १५ दिन भित्र बनाउने छु । यहाँ कुन कर्मचारी आयो कुन गयो भन्ने ट्युआर नै छैन् । व्यक्तिगत प्रोफाइल बनाउनेछु । एकमहिना भित्र कर्मचारीले के काम गर्‍यो त नी त्यो कुरा आज महानगरमा माग्न जानुस त त्यो छैन । त्यसलाई व्यवस्थित चाहिँ म गर्छ त्यो धेरै दिन लाग्दैन १५ दिनमा सकिन्छ । महानगरको प्रोफाइल डिजिटलाइज गर्छु । फोहोरलाई मोहोर होइन उद्योगको रुपमा विकास गर्न सकिन्छ । यहाँकै जनतालाई लगानी गर्न लगाएर आम्दानीको स्रोत समेत बनाउन सकिन्छ । स्मार्ट वेष्ट मानेजमेन्टलाई अघि बढाउछु । अर्को भनेको पोखरामा पर्यटकको बसाई लम्ब्याउने छु । हामीले खाली फेवाताल, सराङकोट र पुम्दिभुम्दिमात्र बेचेका छौ अन्य ताल पहाडहरु बेच्न सकेनौ त्यसका लागि योजना बनाएर अघि बढ्ने छु ।

बैशाख ३० गते स्थानिय तहको निर्वाचन हुदैँछ तपाईँलाई मेयरको उम्मेदवारीको रुपमा देख्न पाइन्छ की पाइदैन त ?

हाम्रो राजनीतिमा समस्या छ । जो सामाजिक काम गर्दैन पार्टीमा पनि केहि नेतालाई चाकडि गरेको आधारमा नेता भएका व्यक्तिहरु छन् । त्यसतो व्यक्तिको चर्चा केहि मिडियाले गरेको पनि मैले पाएको छु । जबसम्म समाज र नागरिकका लागि गर्ने व्यक्ति त्यहाँ जादैन तबसम्म समाज बन्दैन् । त्यसतो व्यक्ति विरुद्ध म पार्टीभित्र प्रतिस्पर्धा गर्नेछु मेरो पार्टीको कार्यकर्ताले मलाई रुचाएर मत दिएको खण्डमा पक्कैपनि म पोखरा महानगरपालिकाको मेयरमा मेरो पार्टीको तर्फबाट उम्मेदवरी बन्ने छु । मलाई विश्वास छ आम कार्यकर्ताले कामका आधारमा नेतृत्व चयन गर्नुहुनेछ । पाँच वर्ष जनिप्रतिनीधि भएर काम गरेकाले कहाँ के गर्नुपर्छ भन्ने अनुभव पनि भएकाले पढेको हिसाबले र अन्य क्षमताका हिसाबले पनि मेरो उम्मेदवार मेयरकै हुनेछ ।

मेयरको टिकट दिएन भने ?

मेयरको टिकट दिएन भने दुर्भाग्य हुनेछ । पाँच वर्षमा पोखरा महानगरपालिका जुन खालको हुनुपर्ने हो त्यो हुनेछैन । उद्यपी मेयरमा जो कोहि आएपनि म संग भएका अनुभव र मैले जानेका कुराहरु पक्कैपनि सहयोग गर्नेछु ।

सम्बन्धित समाचार

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी
अन्तर्वार्ता

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं
अन्तर्वार्ता

युवाले कायापलट हुनेगरी परिवर्तन गराउन सक्छौं

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य
अन्तर्वार्ता

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ
अन्तर्वार्ता

सरकारले भाडा समायोजन नगरे ८ गतेखी हामी आफै भाडा बढाउछौँ

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ
अन्तर्वार्ता

प्रदेशबाट खेल्दा खेलाडीलाई पिडा छ

मापदण्ड नबन्दा फेवातालको जग्गा किनबेच भयो रोकिनुपर्छ
अन्तर्वार्ता

मापदण्ड नबन्दा फेवातालको जग्गा किनबेच भयो रोकिनुपर्छ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पाेखरामा ट्रान्स पार्टी गर्ने पक्राउ

चर्चित खबरहरु

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पाेखरामा ट्रान्स पार्टी गर्ने पक्राउ

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा