२०८३ अशोज २१, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

गण्डकी प्रेस
चैत्र १८, २०८२ ०८:३९ मा प्रकाशित
खेलकुद, पर्यटन, समाचार
“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट
14
SHARES
Share on FacebookShare on Twitter


पोखरा, १७, चैत / पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही चैत २८ गते हुने पोखरामा हुने “नाइट रन” प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

मंगलबार पोखरास्थित चाइनिज गार्डेन रेस्टुरेन्टमा आयोजित छलफलमा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न संघसंस्था, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरामा पहिलोपटक हुन लागेको रात्रिकालीन दौडप्रति उत्साहसँगै सुरक्षा चुनौती पनि उत्तिकै रहेकाले त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरे । साथै उनले क्याम्पिङचोकदेखि पामेसम्मको रुट उपयुक्त हुने सुझावसमेत दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा इभेन्टहरूको सहरको रूपमा स्थापित भइसकेको बताउँदै यस्ता कार्यक्रममा विदेशी पर्यटकको सहभागिता बढाउन सके भविष्यमा बजेट व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरे ।

पोखरा भ्रमण वर्ष २०२५÷०२६ का संयोजक गोपीबहादुर भट्टराईले रातको समयमा आयोजना हुने यस प्रतियोगिताको छुट्टै महत्व रहेको उल्लेख गर्दै बाराहीघाटदेखि हल्लनचोक क्षेत्रसम्म शान्ति सुरक्षा कायम गर्न स्थानीयले पनि सहयोग गर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले प्रतियोगितालाई आवश्यकतानुसार सहयोग गर्ने बताउँदै यसलाई पोखराको नयाँ पहिचानका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन विभिन्न अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्न सुझाव दिए ।

उनले भविष्यमा रुट विस्तार गरी विन्ध्यवासिनी मन्दिर हुँदै अगाडि बढाएर प्रतियोगितालाई पोखराको ब्रान्डिङ बनाउनु पर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरामा नयाँ कार्यक्रम थपिनु सकारात्मक भएको बताउँदै खेलकुदमार्फत पर्यटन प्रवद्र्धन हुने बताए । पोखरेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष शोभाकान्त पौडेलले प्रतियोगिता सफल पार्नका लागि आवश्यक परे ट्याक्सी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

होटल संघ पोखरा नेपालका द्वितीय उपाध्यक्ष गणेशराज पहाडीले नाइट रन र फेवा नववर्ष महोत्सवबीच सहकार्य हुने बताउँदै चैत २९ देखि वैशाख १ गतेसम्म हुने महोत्सवले प्रतियोगिताकोसमेत प्रवद्र्धन गर्ने बताए ।

प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले शान्ति सुरक्षाका लागि आवश्यक तयारी गरिए पनि थप व्यवस्थापनका लागि स्थानीयको सहयोग अपरिहार्य हुने बताए । सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले नयाँ कार्यक्रम भएकाले धेरैभन्दा धेरै धावक सहभागी गराउन आयोजकलाई सुझाव दिए ।

कार्यक्रम संयोजक दीननाथ बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटा, रेवान पोखराका प्रथम उपाध्यक्ष वसन्त गौतम लगायतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले यसअघि पुम्दीभुम्दी पर्वतीय दौड सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै यस नाइट रनले पोखराको मुख्य पर्यटकीय तथा व्यापारिक क्षेत्र जोड्दै समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

संयोजक दीननाथ बरालले खेलकुद मार्फत रात्रिकालीन पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको यो प्रतियोगिता कोशेढुंगा साबित हुने धारणा राखे ।

नयाँ वर्षको पूर्वसन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा” नारासहित आयोजना हुने यस नाइट रनका लागि अनलाइन दर्ता खुला गरिएको र पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत फारम भर्न सकिने केन्द्रका सचिव सागर सुनारले जानकारी दिए ।

प्रतियोगितामा आयोजकले सहभागीको बिमाका साथै रिफ्लेक्टिभ (चम्किने) टिसर्ट उपलब्ध गराउने र धावकहरूले हेडल्याम्प प्रयोग गर्न सक्ने आयोजक संस्थाले जनाएका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा–९ को समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा आयोजना हुने प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहेका छन् ।

पोखरा भ्रमण वर्ष २०२५÷०२६, अटोवेज प्रा.लि., सिटीजन फर्निचर, होटल संघ पोखरा नेपाल, परिचय एड्भरटाइजिङ, जिल्ला खेलकुद विकास समिति कास्की लगायतको सहयोग रहने प्रतियोगिता फेवाताल किनारस्थित बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किमी, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर सम्पन्न हुने छ ।

५ किलोमिटर दौडको उक्त रुट पोखरा महानगरपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ समेट्ने र विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।

सम्बन्धित समाचार

हत्या गरि फरार युवा पक्राउ
अपराध

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक
अर्थ

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी
प्रमुख समाचार

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित
प्रमुख समाचार

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण
राजनिती

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा

पहिरोले विधालय भवन जोखिममा

चर्चित खबरहरु

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार