पोखरा ८ असार । पोखरा महानगरपालिका खेलकुद विकास समितिको सदस्य सचिबमा फुलकन्ट्याक कराँतेका सुबास खड्का चयन भएका छन् । उनलाई असार ७ गते बसेको कार्यापालिको बैठकले सचिवमा नियुक्त गरेको हो ।

२०६१ सालदेखी खेलकुद क्षेत्रमा लागेका खड्का राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक, नेपाल रग्बी संघका कास्कि जिल्ला अध्यक्ष, मुआथाई का राष्ट्रिय रेफ्रि हुन । उनले प्रशिक्षण गराएका खेलाडीले राष्ट्रिय, अन्तराष्ट्रिय पदक जितेका छन् । आठौ राष्ट्रिय खेलामा खड्का गण्डकी प्रदेशका फुलकन्ट्याका प्रशिक्षक पनि थिए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा ४ खेलाडीले विभिन्न तौल समूहमा गोल्ड मेडल जितेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-