नेविसंघ युवा नेता मनोज सुवेदी पर्वत कांग्रेस क्षेत्रीय अधिवेशनवाट प्रदेश प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारको रुपमा चुनावी मैदानमा आफूलाई प्रस्तुत गरेका छन् ।
२३ वर्षीय सुवेदी नेविसंघ गण्डकी विश्वविद्यालय सभापति पनि हुन् उनी पर्वत जिल्लामा सबैभन्दा कान्छा उम्मेदवार हुन् ।
कानुन अध्ययनरत सुवेदी वैचारिक युवाका रूपमा चर्चित छन् । काङ्ग्रेस र लोकतन्त्रका निमित्त सक्रिय रूपमा कलम चलाउने सुवेदी यसपटक आफूलाई प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला तर्फबाट उम्मेदवार बनाएका छन् ।
उनले भने ३५ वर्ष मुनिको कोटाबाडा चुनाव लड्दा युवा युवा बीच नै प्रतिस्पर्धा हुने हुँदा आफ्नो लडाई युवासँग नभई जेनजि मुद्दा स्थापित गर्ने हुँदा युवा कोटामा चुनाव नलडी खुल्लाबाट जेन्जी प्रतिनिधिको रूपमा उभ्याएका छन् ।
साथै उनले देशैभरिका युवाहरूलाई सुझाव दिँदै भने युवा कोटाबाट जसै युवा नै आउने हो ,त्यसमा सकभर सहमति गरौं नभए थोरै मात्र युवा प्रतिस्पर्धा गरौं ,अन्यथा कोटामा सबै युवा पराजय बेहोर्ने हो भने कांग्रेस संरचनामा युवाको सहभागिता रहँदैन सुवेदी भन्छन् राजनीति व्यक्तिगत लाव हानी भन्दा पनि समग्र समुदाय र युवाहरूको हितका लागि गर्नुपर्ने उनको तर्क छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-