मकवानपुरको भीमफेदीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन् भने पाँच जना घाइते भएका छन् ।
बिहीबार बिहान काठमाडौं हुँदै सर्लाही जाने क्रममा रहेको उक्त गाडी भीमफेदी गाउँपालिका–६ चिसापानी गढी क्षेत्रमा दुर्घटनामा परेको हो । बिहान करिब ६ः१० बजे गाडी सडकबाट झन्डै ७०० मिटर तल खसेको प्रारम्भिक विवरण छ ।
दुर्घटनाका बेला गाडीमा १५ जना सवार रहेको र उनीहरूमध्ये १० जनाको मृत्यु भएको जनाइएको छ । बाँकी पाँच जना घाइते भएका छन् । मृतकहरुमा ३ महिला ,५ पुरुष ,२ बालिका रहेको र घाइते २ बालक ,३ पुरुष रहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाकी रहेको छ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट नायब उपरीक्षकको नेतृत्वमा उद्धारकर्मी घटनास्थल पुगेका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-