पोखरा । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आज प्रहरीसमक्ष आत्मसमर्पण गर्ने भएका छन् ।
सामाजिक सञ्जालमार्फत रायमाझीले आफू अस्वस्थ भएपछि अस्पताल भर्ना भएको र नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाउँदै अनुसन्धानमा सघाउन प्रहरीमा उपस्थित हुन लागेको जानकारी दिएका हुन् ।
उनले आफू साँझ साढे पाँचबजे प्रहरीमा उपस्थित हुने बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-