पोखरा । आफूलाई यूएनको ईन्जिनियर भन्दै यूएनमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट नगद १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा डोटी साबिक तोलेनी गाबिस बस्ने २६ वर्षीय दिनेश सिंहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
दिनेशले विभिन्न मितिमा कास्की पोखराबाट उक्त रकम ठगी गरी फरार भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीसँगको समन्वयमा रुपन्देही बुटवल उपमहानगरपालिका ९ मिलनचोकमा फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ । दिनेश सिंहले नेपालका अन्य जिल्लामा गरेर करिब ६० लाख ठगि गरेको प्रहरीले अनुमान गरेको छ ।
पोखरामा एक हप्ता अघि एक ट्याक्सी चढेर चालकको नाम र नम्बर लिएर आफु ठुलो व्यक्तिको पहुँचमा रहेको विश्वास दिलाउँदै ठगी गरेको प्रहरी तिवारीले जानकारी दिए । सिंहले जागिरको प्रलोभन देखाउदै चालकको कागजपत्र र फोटो सहित केही रकम लिएर सम्पर्क विहिन हुने गरेका थिए ।
प्रहरीले एक हप्ता देखि खोजी कार्यगरीरहेको थियो । प्रारम्भिक अनुसन्धानमा सिंहले यात्रा गर्दा र अन्य ठाउँमा परिचय लुकाएर हिड्ने गरेको पाइएको छ । विगत १ वर्ष अघि देखी सिंहले यसरी ठगि गदै हिडेको पाइएको छ ।
कास्कीमाा भन्दा पहिला महानगरिय प्रहरी परिसर महाराजगञ्जमा २, मकवानपुरमा २, चितवन ललितपुर, काठमाडौं, बाजुरा र धनगडीमा १/१ वटा मुद्दा रहेको तिवारीले जानकारी दिए ।
सम्बधित समाचार






























प्रतिक्रिया लेख्नुहोस्:-