पोखरा । युएनमा जागिरको प्रलोभन देखाएर पोखरामा ट्याक्सी चालकलाई ठगी गर्ने दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिंहलाई वुटबलबाट पक्राउ गरेको स्रोतको दाबि छ । प्रहरी प्रारम्भिक अनुसन्धानमा रहेको स्रोतले बताएको छ ।
पोखरामा एक हप्ता अघि एक ट्याक्सी चढेर चालकको नाम र नम्बर लिएर आफु ठुलो व्यक्तिको पहुँचमा रहेको विश्वास दिलाउँदै ठगी गर्दै आइरहेको स्रोतले बताए ।
यात्रीले जागिरको प्रलोभन देखाउदै चालकको कागजपत्र र फोटो सहित केही रकम लिएर सम्पर्क विहिन हुने गरेका थिए ।
यात्रीले जागिर मिलाइदिने भनेर लिएको कागजपत्रबाट अर्को सिम निकाल्ने र यसरीनै अर्को चालकलाई ठग्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
प्रहरीले एक हप्ता देखि खोजी कार्यगरीरहेको थियो । प्रारम्भिक अनुसन्धानमा उनको नाम बताइएपनि अन्य व्यक्तिको कागजपत्र प्रयोग गर्ने भएकाले शंकास्पद हुनसक्ने स्रोतले बताएको छ ।
उनले कतिजनालाई कति ठगिएको भन्ने कुरा समेत खुल्न बाँकि रहेको स्रोतले बताएको छ ।
सम्बधित समाचार



























प्रतिक्रिया लेख्नुहोस्:-