पोखरा । पोखरामा पछिल्लो समयमा ट्याक्सी व्यासायीलाई युएनमा जागिरको प्रलोभन देखाएर ठगी भएको खुल्न आएको छ । पोखरामा कम्तीमा पनि ४ ट्याक्सी चालकलाई ठगि भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको स्रोतको दावी छ ।
यसरी भएको थियो घटना
पोखरामा एक हप्ता अघि एक ट्याक्सी चालकलाई कोट पाइन्ट लगाएर चिटिक्क परेका एक पुरुष यात्रीले ट्याक्सी रोके । ट्याक्सीमा चढेपछी उनीहरु लेकसाइडको एक होटलमा पुगे । होटलमा पुगेपछी ट्याक्सी चालकलाई पनि यात्रीले त्यही होटलमा राखे । भोलिपल्ट पनि बिहानै चालकलाई यात्रीले फोन गरे बोलाउछन् र अघिल्लो दिनमा जसरी नै उनीहरु लेकसाइडको एक होटलमा बस्छन ।
यात्री हेर्दा खाइलाग्दो देखिने चालक बताउछन् । यात्रीलाई विभिन्न फोन आउने हेर्दा पनि अफिसर जस्तो देखिन्थो । यात्रीले चालकलाई मन पराएको र युएनमा पनि ट्याक्सी चालकको आवस्यक रहेको सुनाउँछन् । तर युएनमा जागिर पाउनका लागि केही रकम घुस बापत खुवाउनुपर्ने चालकलाई सुनाए ।
यात्रीले जागिरको प्रलोभन देखाउदै चालकको कागजपत्र र फोटो सहित केही रकम माग्छन् । पैसा र कागजपत्र लिएर छुटेको केही समयमा नै यात्रीले प्रयेग गर्ने नम्बर अफ हुन्छ । यात्रीले जागिर मिलाइदिने भनेर लिएको कागजपत्रबाट अर्को सिम निकाल्ने र यसरीनै अर्को चालकलाई ठग्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
यात्रीको योजना प्रलोभनमा फसाउने र रकम लिएपछि फरार हुने कुरा चालकलाई थाहै हुदैँन । यात्रीको योजनामा पोखराका १ चालक फस्छन् । युएनमा चालक बन्ने सोच राखेर । ती चालकले ३ लाख रुपैयाँ फसाएको प्रमाणित भएको छ । उनीसंगै अन्य २ चालक पनि ठगिएको शंका कास्की प्रहरीले गरेको छ ।
यस भन्दा अघि मकवानपुर, चितवन लगायतको जिल्लामा पनि यात्रीले ठगि गरेको प्रहरी स्रोतको दावी छ । पछिल्लो समयमा यात्रीलाई कास्की र कास्कीको आसपासमा देखिएको स्रोतको दावी छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको निमित्त कार्यालय प्रमुख डिएसपी सुन्दर तिवारी बताउँछन् । यस विषयमा प्रहरीले पोखराका सम्पुर्ण ट्याक्सी चालकलाई जानकारी गराएको छ । ट्याक्सी समितिलाई फोटो समेत पठाएर पक्राउ गर्न सजिलो बनाउन अनुरोध गरेको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-