कास्की कांग्रेसमा भवे सार्की नाम नौलो होइन् । कांग्रेसमा रहेर राजनीतिमा जिवन समपर्ण गरेका भवे सार्की कास्कीबाट दलित अगुवा हुन् ।
दलित उत्थानका लागि संघर्ष गर्दै गर्दा हृदयघातका कारण अकल्पनीय मृत्यु भएपछि बुबाको विरासत उनका छोरा गोविन्द नेपाललीले धानिरहेका छन् ।
स्व.भवे सार्की तिनै व्यक्ति हुन् जस्ले कास्की कांग्रेसको इतिहासमा पहिलो पटक दलितबाट आमन्त्रित सदस्य पाएका थिए । विपिको अनुसरण गर्ने स्व. भवे सार्कीको सपना पुरा गर्न उनका छोराले जिल्ला सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बाल्यकाल देखि नै बुबासंगै राजनीतिमा घुमलिएका गोविन्दले विद्यालयदेखि विद्यार्थी आन्दोलनमा सहभागि हुदैँ दलित आन्दोलनमा समेत उत्तिकै भुमिका खेलिरहेका छन् ।
नेविसंघदेखि दलितसंघसम्म विभिन्न पदमा रहेर काम गरेका उनी बुबाकै विचारबाट प्रभावित भएर राजनीतिमा लागेको बताउँछन् । दलित हक अधिकारका लागि मात्र नभई समाजमा रहेको विभेदको अन्त्य गर्दै कास्की कांग्रेसलाई बलियो पार्टी बनाउन आफ्नो उम्मेदवारी दिएको उनले बताए ।
‘बुबाकै प्ररणाले आज राजनीतिमा लागेको छु । बुबा विपीको विचारमा लाग्ने व्यक्ति हुनुहुन्थ्यो । परिवार भन्दा पनि पार्टी प्यारो थियो बुबाको लागि ।
बुबाले यसरी उम्मेदवारी त दिन पाउनुभएन तर, वहाँको सपना पुरा गर्न नै मेरो उम्मेदवारी हो’ उनले भने । उनले बुबाको सम्मान गर्दै आफुलाई अमुल्य मत दिई विजयी गराउन समेत आग्रह गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-