पोखरा— कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि देशको विभिन्न मन्दिरमा भक्तजनको भीड लागेको छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ । आज जागा हुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो ।
पोखराको रामघाटमा सेती नदी नुहाउने जाने र फुल तार्ने प्रचलन रहेको छ । यसैले टाढा टाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा भक्तजन आउँछन् ।




























प्रतिक्रिया लेख्नुहोस्:-