वि.सं. २०७८ साल श्रावण २४ गते आइतबार, तदनुसार ई.सं. २०२१ अगस्त ८ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणकृष्णपक्षको औंशी तिथि वेलुका ६:४८ बजेसम्म, त्यसपछि शुक्लपक्षको प्रतिपदा रहनेछ ।

मेष : अवसर हुँदाहुँदै पनि विकल्पको खोजीले गर्दा समस्याको सृजना हुनेछ । शारीरिक कमजोरीले गर्दा काम कार्य गर्न असहज हुनेछ । दैनिक कामकाजमा समेत बाधा अड्चन आउन सक्छ, संयम रहनु होला ।
वृष : पराक्रम बढेर जानेछ । कृषि एवं बन्दव्यापारमा लाग्ने व्यक्तिहरुका लागि आकस्मिक लाभको संकेत देखिन्छ । साझेदारी कार्यको सुरुवाति हुनेछ । समर्थकहरुको साथ सहयोगले महत्वपूर्ण कार्यको आरम्भ हुनेछ ।
मिथुन : मांगलिक कार्यमा सहभागि भइनेछ । बोलि वचनमा मिठासता आउनेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ । सानातिना समस्या आइलागेता पनि निरन्तर लागि पर्दा जीत हाँसिल गरिनेछ ।
कर्कट : आत्मियजनसँगको रमाइलो जमघट हुनेछ । हर्षको खबर मिल्नेछ । विशेष कार्यमा अतिथिको सत्कार पाइनेछ । मानसम्मान मिल्नेछ । नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ । आर्थिक पक्ष बलियो रहनेछ ।
सिंह : गलत व्यक्तिको संगतका कारण नकारात्मक कार्यमा सहभागि भइन सक्छ, संयम रहनु होला । लक्ष्यमा पुग्न कडा परिश्रमको आवश्यकता पर्नेछ । लहैलहैमा लाग्दा अनावश्यक खर्चको मात्रा बढेर जानेछ ।
कन्या : अध्ययन अध्यापन क्षेत्रमा चासो रहनेछ । प्रियजनसँगको रमाइलो यात्रा होला । व्यापार व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी भइनेछ । महत्वाकांक्षी योजनाहरु रचिने छन् । कलात्मक कार्यमा मन जानेछ ।
तुला : मान्यजनसँग सहकार्य गर्न पाउँदा खुसी लाग्नेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । अपरिचित व्यक्तिको सहयोगले कार्य बन्नेछ । विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको नेतृत्व गर्न पाइनेछ ।
बृश्चिक : बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । बोलिकै भरमा ठूलाठूला कार्य बन्नेछन् । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । धर्मकर्ममा रुचि बढ्नेछ । परोपकारी कार्यमा सहभागि हुन पाउँदा आनन्द लाग्नेछ ।
धनु : अध्ययनमा भन्दा बाहिरी कुरामा मन जानेछ । चञ्चले स्वभावका कारण बन्नै आँटेका कार्यमा समेत विराम लाग्न सक्छ, सजक रहनु होला । सोचे अनुरुप काम नबन्दा दिक्क लाग्नेछ । शत्रु भेदले सताउनेछ ।
मकर : व्यवसायको सिलसिलामा यात्राको अवसर जुट्नेछ । पतिपत्नि बीच सामजस्यताले गर्दा कार्य गर्ने वातावरण बन्नेछ । मिहिनेतको उचित कदर हुनेछ । मनमिल्ने व्यक्तिसँग भेट हुनेछ । खुसीयाली पल रहला ।
कुम्भ : आर्थिक पक्ष सबल रहनेछ । अवसर तथा चुनौति दुवै देखा पर्नेछन् । पुरानो उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । सृजनात्मक कार्यमा मन जानेछ । विपक्षीलाई पछि पार्दै अघि बढ्न सकिनेछ ।
मीन : सकारात्मकताको विकास हुनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । सन्तान पक्षको सहयोग भरपूर रुपमा मिल्नेछ । विपक्षीहरु पनि मेलमिलापमा आउँदा कार्य क्षेत्रमा सहजता आउनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-