वि.सं. २०७८ साल श्रावण १६ गते शनिबार, तदनुसार ई.सं. २०२१ जुलाई ३१ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणकृष्णपक्षको सप्तमी तिथि विहान ६:४६ बजेसम्म, त्यसपछि अष्टमी रहनेछ ।

मेष : अध्ययनमा रुचि बढ्नेछ । सम्मानजनक कार्य गरिनेछ ।सकारात्मक सोच, विचारको उदय हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । व्यवसायमा समेत आयदर बढ्नाले खुसीयाली छाउनेछ ।समग्रमा दिन शुभ रहने देखिन्छ ।
वृष : व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण कार्य भने ओझेलमा पर्नेछ । काम–काम भन्दा स्वास्थ कमजोर बन्नेछ, ध्यान दिनुहोला । परिश्रम अनुसारको प्रतिफल नमिल्दा काम गर्ने जोश जाँगर घट्नेछ । विपक्षीहरुले दु:ख दिने छन् ।
मिथुन : सहज वातावरण बन्नाले नयाँ कार्यको थालनि गरिनेछ । इमान्दारीताको प्रशंसा मिल्नेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । शुभ समाचार सुन्न पाइनेछ । व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।
कर्कट : स्वास्थ्य ठीकठाक नै रहला । नोकरीमा प्रशंसा एवं जिम्मेवारी बढ्नेछ । सृजनात्मक कार्यमा मन जानेछ । वहान सुख मिल्नेछ । मान्यजनको साथ, सहयोग पाइनेछ । प्रभावकारी कार्यको आरम्भ हुनेछ ।
सिंह : अघिदेखिका समस्या हल भएर जानेछन् भने नयाँ कार्यको प्रस्ताव समेत आउने छन् । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । धन लाभ हुनेछ । धार्मिक आस्था जाग्नेछ । सोचेका कार्य एकाएक पूरा हुँदा हर्ष बढ्नेछ ।
कन्या : सामाजिक कार्यबाट जश मिल्ने छैन । स्वास्थ्य कमजोर बन्नेछ । नयाँ कार्यको आरम्भले तनाब मात्र थपिनेछ । अल्छि गर्नाले महत्वपूर्ण अवसर फुत्कनेछ । दैनिक कार्यमा समेत समस्या सृजना हुनेछ ।
तुला : मन मिल्ने व्यक्तिसँगको रमाइलो जमघट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ । मानसिक क्षमताको बृद्धिविकास हुनेछ । विपरीत लिंगिको सहयोग मिल्नेछ । सामान्य प्रयासले नै लक्ष्यमा पुग्न सकिनेछ ।
बृश्चिक : तनाबदायी कार्यको नेतृत्व गर्नु परेता पनि अग्रजको साथ/सहयोग मिल्दा सफलता मिल्नेछ । व्यवसायमा गरेको लगानिले दिगोरुपमा फाइदा लिन सकिनेछ । घरायसी समस्या हल भएर जानेछ । दु:खको फल मिलनेछ ।
धनु : अध्ययन अध्यापन क्षेत्रमा प्रगति हुनेछ । विवादित कार्यलाई मेलमिलापको वातावरणद्वारा सुल्झाउन सकिनेछ । पारिवारिक सहयोग मिल्नेछ । बौद्धिक कलाको प्रशंसा हुनेछ । स्वास्थ्य सामान्य बन्दै जानेछ ।
मकर : जिम्मा लिएका कार्यलाई समयमा पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ । शारीरिक कमजोरीले कार्य गर्न मन लाग्ने छैन । विपक्षीको प्रलोभनमा पर्दा समस्यामा परिनेछ । कम बोल्ने र दैनिकीमा व्यस्थ रहनु उचित हुनेछ ।
कुम्भ : साथीभाइसँगको रमाइलो भ्रमणको योग बनेको छ । कृषि क्षेत्रबाट अपेक्षित लाभांश मिल्दा हर्ष बढ्नेछ । मांगलिक कार्यको निम्तो पाइनेछ । मनमा शान्ति एवं शरीररमा कान्ति छाउने समय रहेको छ ।
मीन : सानातिना समस्यामा नआत्तिनु होला । बोलिकै भरमा काम बन्नेछ । अचल सम्पत्तिमा गरेको लगानिले दिगो रुपमा फाइदा लिन पाइनेछ । सुखसुविस्ताका साधनहरु जुट्नेछन् । आकस्मिक लाभको योग बनेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-