वि.सं. २०७८ साल श्रावण ९ गते शनिबार, तदनुसार ई.सं. २०२१ जुलाई २४ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार आषाढशुक्लपक्षको पूर्णिमा तिथि पूर्वान्ह ८:०१ बजेसम्म, त्यसपछि श्रावणकृष्णपक्षको प्रतिपदा रहनेछ ।

मेष : सृजनशिलता र क्रियाशिलताको बृद्धि विकास हुनेछ । नयाँ मित्र बनाउने अवसर मिल्नेछ । व्यवसायबाट राम्रै आम्दानी हुनेछ । कर्म भाव खुलेको छ । महत्वपूर्ण कार्यको थालनिले उत्साह उमंग छाउनेछ ।
वृष : टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार हुनेछ । समय सुधारोन्मुख रहनेछ । वैदेशिक क्षेत्रका अपूरा कार्यले स्थान पाउनेछन् । धार्मिक कृत्यमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यको भने ख्याल राख्नुहोला ।
मिथुन : शारीरिक कमजोरीको महशुस हुनेछ । असन्तोषी प्रवृत्तिले सताउनेछ । अष्टम भावमा स्थित चन्द्रमा ग्रहका प्रभावले गरेका निर्णय त्यत्ति प्रभावशाली रहने देखिन्न । आर्थिक लेनदेनमा विवाद बढ्नेछ ।
कर्कट : मनमिल्ने व्यक्तिसँगको जम्काभेटले खुसी भइनेछ । हर्ष बढ्नेछ । व्यक्तित्व विकासको समय रहेको छ । आर्थिक लगानिले पछिसम्म लाभ लिन सकिनेछ । काम गरेर अरुव्यक्तिलाई मोहित पार्न सकिनेछ ।
सिंह : विपक्षीसँगको मेलमिलपले गर्दा काम कार्य गर्न सहज हुनेछ । नयाँ सम्झौताको अवसर मिल्नेछ । सामान्य समस्या आइपरेता पनि दृढ भएर लाग्दा जीत हाँसिल गरिनेछ । व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।
कन्या : प्रतिष्पर्धात्मक क्रियाकलापमा विजयी भइनेछ । बन्धुवान्धवसँगको भेटले मन प्रफुल्लित रहनेछ । अध्ययनमा चासो रहनेछ । स्वास्थ्यमा सुधारको संकेत देखिन्छ । नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ ।
तुला : व्यवस्थापन पक्ष फितलो बन्नेछ । पारिवारिक समस्याले सताउनेछ । एक्कासी बाधा व्यवधान आउन सक्छ, संयम रहेर कार्य गर्नु होला । टाढाको यात्रा त्यत्ति शुभ देखिन्न । मान्यजनको साथ लिएर कार्य गर्नुहोला ।
बृश्चिक : लक्ष्यमा पुग्न सामान्य मिहिनेत नै पर्याप्त हुनेछ । धन लाभ हुनेछ । समझदारीताले गर्दा अप्ठ्यारा परिस्थितिको अन्त्य हुनेछ । साथीभाईसँगको रमाइलो जमघट हुनेछ । साझेदारी कार्यको सुरुवाति हुनेछ ।
धनु : बोलिकै भरमा ठूला–ठूला कार्य बन्नेछन् । अचल सम्पत्तिमा गरेको लगानिले दिगो रुपमा फाइदा लिन सकिनेछ । दोधारे मनले कार्य गर्न असहज हुन सक्छ, कुटुम्बको साथ सहयोगले अघि बढ्दा सफल भइनेछ ।
मकर : सकारात्मक सोच विचारको उदय हुनेछ । अधुरा कार्यलाई पूर्ण गर्दै नयाँ कार्यको थालनि गर्ने समय रहेको छ । ठूला व्यक्तिसँग मित्रता गाँसिनेछ । व्यवसाय फस्टाउनेछ । मनमा शन्तिको अनुभूति हुनेछ ।
कुम्भ : विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । दैनिक गर्दै आएका कार्यमा समेत अबरोध सृजना हुनेछ । अनावश्यक स्थानमा समय र धन खर्चनु पर्दा दिक्क लाग्नेछ ।
मीन : मन प्रफुल्लित बन्नेछ । अरु दिनको तुलनामा पढाइमा मन रहनेछ । सानो लगानिले नै धेरै लाभ लिन सकिनेछ । लाभ स्थानमा चन्द्रमा ग्रहले भ्रमण गर्दैछ जस्का प्रभावले विविध लाभको योग बनेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-