२०८३ बैशाख १७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नसोधिएकोे कुराको खुलेर प्रशंसा गरेका केन्याली धावक स्टेफन

गण्डकी प्रेस
फाल्गुन ८, २०७८ १३:०९ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, विचार, समाचार
नसोधिएकोे कुराको खुलेर प्रशंसा गरेका केन्याली धावक स्टेफन
22
SHARES
Share on FacebookShare on Twitter


विजय नेपाली
पोखरमा शनिबार सफल पोखरा अन्तराष्ट्रिय म्याराथन सुरु भएको थियो । एकाविहानै फोटोको लागि म पनि पुगेको थिए । म्याराथनको छुट्टै कथा लेख्छुभन्ने सोँचले विहान पुगेको थिए । मसंग क्यामेरा छैन् मोटरसाइकलपनि छैन् । संगै हिड्ने साथि लोकेन्द्र मानान्धरको विहानै फोन आयो

लोकेन्द्र– हेलो रंगशाला जाने हो की होइन ?

म– जाने हो ।

लोकेन्द्र – ल तयार भएर बस्नुस (फोन काटिन्छ)

म पनि उठेँ तयार भएर जुत्ता कस्दै थिए मोटरसाइकलमा सहकर्मी आइपुगे । शुक्रबार खुलेको पोखराको मौसम सनिबार भने खुलेन । चिसो थियो ।

हामी दुईजना पोखरा रंगशाला पुग्यौँ । त्यहाँ सबै धावक आइपुगेका थिए । आयोजक भुतपुर्व खेलाडी मञ्चका सम्पुर्ण टिम पनि आइपुगे ।

प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली हुनुहुन्थ्यो । उहाँ पनि पोखरा म्याराथनका लागि भनेर रातको २ बजे नवलपुरबाट पोखरा आउनुभएको भन्ने सुनेँ ।

त्यसले पनि के देखायो भने पोखरा म्याराथनले साच्चिकै फड्को मारेको रहेछ भन्ने लाग्यो । मैले सडक सुरक्षालाई केन्द्रित गरेर समाचार लेख्ने जमर्को गरिरहेको थिए ।

तर, म्याराथनमा केन्याली धावकको पनि सहभागिता थियो । केन्या त्यही राष्ट्र हो जो म्याराथनमा विश्वकै अब्बल सुचीमा छ । विश्वमै एक किसिमको छाप बनाएको केन्याका धावकले पोखरामा पनि छुट्टै प्रभाव पार्छ भन्नेमा दुई मत थिएन् ।

केन्याका धावकले २ घण्टा १३ मिनेटसम्म म्याराथन कटाएको भन्ने कुरा आयोजक मध्येका एक पदाधिकारीबाट सुनेँ । मलाई पोखरा म्याराथनको पुरै इतिहास त थाहा थिएन ।

तरपनि समाचार संकलनको क्रममा म्याराथनको सुरुवात कहिले भएको भन्ने कुरा समाचारमा लेखेको थिए । भुतपुर्व खेलाडी मञ्चको पनि दुई दशक पुरा भएको कारण मैले मञ्चको बारेमा समेत लेखे ।

मञ्चको स्थापना २०५८ साल बैशाख ८ गते भएको रहेछ । मञ्चले स्थापनाको अवसरमा के गर्ने भनेर सोचिरहँदा म्याराथन गर्ने योजना बुनेको रहेछ ।

२०५८ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा मञ्चले प्रथम पोखरा म्याराथन आयोजना गरेको रहेछ । त्यतिबेला २६ जनाको सहभागिता थियो ।

अहिले म्याराथन पनि दुई दशक पुग्नुपर्ने तर विचमा समस्या आएपछि ३ वर्ष म्याराथन हुन सकेन । २०६९ सालदेखि२०७१ सालसम्म

शनिबार १६ औं संस्करणको म्याराथनमा केन्याबाट सहभागि जनाएका २ धावक प्रथम र द्धितीय हुन पुगे ।

उनीहरुले पोखरा म्याराथनमा किर्तिमानी कायम गर्न सफल समेत भए । केन्याली धावक अनुभवी भएकाले म्याराथनमा सहभागि अन्य धावकको थेरापी समेत गरिदिएका थिए ।

थेरापी गरिरहेकै स्थानबाट म अनि पोखरामा खेलकुदमा कलम चलाउने बरिष्ठ अर्का पत्रकार दाजु भएर उनलाई बोलइयो । किर्तिमानी कायम गरेकाले हामीले उनलाई अनुभव मात्रै सोध्यौँ ।

धेरै लामो कुरा गरिएन । उनले अनुभव सुनाएपछि धन्यवाद भनेका थियौँ । मौसम नखुलेकाले प्रकृतिको बारेमा सोध्ने कष्ट चाँहि गरिन ।

त्यसपछि प्रथम भएका केन्याली धावक स्टेफन कोसगेईले त्यतिमात्रै ? भन्दै पोखराको खुलेर प्रशंसा गर्न थाले । पोखराको मौसम खुलेको थिएन । तरपनि उनले प्रशंसा गरे यहाँको वातावरणको ।

‘पोखराको वातावरण निकै स्वच्छ रहेछ । म पहिलो पटक नेपाल आएको हुँ । निकै स्वस्च्छ वातावरणमा दौडिन पायौँ । यो सामान्य कुरा होइन’ उनको त्यो कुरा सुनेपछि मनमनै भने,‘कास आज पोखराको मौसम खुलेको भए ।’

पोखराको बयान जतिगरेपनि सकिदैन । मौसम खुलेको भए ति धावकले कति कुरा भन्ने थिए । माछापुच्छे्र खुलेको भए क्या ! दामी देखिन्थ्यो ।

हुन पनि पोखरा म्याराथनलाई यहाँको प्रकृतिको पनि साथ छ । कुनै पनि धावकले बजार,ताल, गुफा, मठमन्दीर, गुम्बा,चर्च, मस्जीद, हरियाली सबै एकै ठाउँमा पाउँदैनन् ।

जुन कुरा पोखरामा पाइन्छ त्यो कुरा अन्त कतैपनि पाइदैन । २६ जनाबाट सुरु भएको यो म्याराथन आज अन्तराष्ट्रिय म्याराथनको रुपमा परिचित भइसकेको छ ।

तर विडम्बना यस्ले जुन स्तरको साथ र सहयोग पाउनुपर्ने हो राज्यबाट त्यति साथ नपाएको अनुभुति भने भएको छ । सुरुवात देखि नै सडक सुरक्षा मुख्य चुनौतिको रुपमा रहेको यो म्याराथनमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय संघ संस्थाको सानो सहयोगले धावक दौडने क्रममा केहि बेर सवारी साधन रोक्न सफल भएको छ ।

पोखरामा सडक सुरक्षाबाट धावकहरु पनि सन्तुष्टि नै देखिए । स्टेफनले प्रहरीले सवारी रोकेको देखेर निकै खुसी भए । ‘यहाँको मौसम निकै राम्रो रहेछ ।

यस्तो प्रदुषण रहित वातावरण पाउन मुस्किल छ’ उनले भने,‘धुलो धुँवा मैले देखिनक, मौसम चाँहि अलि खुलेन ।’ हिमालको हेर्दै दौडिने मज्जा भने उनले लिन पाएनन् ।

पोखराको म्याराथन जस्तो अन्य शहरमा सायदै देख्न पाइदैन । ‘सडकमा दौडदैँ गर्दा सवारी रोकिएको थियो । यहाँको प्रहरीले सबै सवारी रोकेर सुरक्षा दिएको देख्दा निकै खुसी लाग्यो’ उनले भने,‘म नेपालमा पहिलो पटक आएको हुँ । यो म्याराथन हुने शहर निकै गज्जब लाग्यो ।’

उनीमात्र होइनन् महिला तर्फ लगातार दोस्रो वर्ष समेत विजेत बनेकी बनेकी राजपुरा प्रस्याँईले पनि सडक सुरक्षा व्यवस्थित नै भएको सुनाईन् । उनले दौडनेक्रममा सवारी बाधक नबनेको बताइन् । ‘सडक व्यवस्थापन निकै राम्रो थियो । हामीलाई समस्या केहि पनि भएन’ उनले भनिन् ।

केन्याका धावक स्टेफन कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा निर्धारित ४२.१९५ किलोमिटको दुरी पार गर्दै नयाँ किर्तिमानी राखेका हुन् । यो पोखरा म्याराथनकै सबैभन्दा छोटो समयमा पार गरिएको समय हो ।

यस्तै २ मिनेट पछि परेका केन्याकै सिमिओन केप्लागातोले २ घण्टा २१ मिनेट ३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गरे । उनीहरुले छैटौं संस्करणमा बनेको २ घण्टा २५ मिनेट ०१ सकेन्डको किर्तिमानी एक दशकमा तोडिदिएका हुन् ।

आर्मीका अर्जुन कुमार बस्नेतले राखेको किर्तिमानी भंग गर्दै स्टेफनले नयाँ किर्तिमानी कायम गरे । अब पोखरा म्याराथनले अन्तराष्ट्रिय स्वरुप लिइसकेको छ । अब भनेको यसलाई अन्तराष्ट्रिय म्याराथन एसोसिएसन (एम्स) संग जोड्न जरुरी छ । जसका लागि सडक सुरक्षा र पुरस्कार राशीमा केहि वृद्धि हुन आवस्यक रहेको छ ।

(तस्वीर ः लोकेन्द्र मानन्धर)

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

काम खोज्दै हिँडेकी महिलामाथि सामूहिक बलात्कार

मत परिणामलाई लिएर दुई समूहबीच झडप

डाक्टर कुट्ने चार पक्राउ

फेरी मन्त्री बने दीपक मनाङे

गण्डकीका पुर्व मन्त्री सांसद मनाङे ज्यान मार्ने उद्योगमा दाेषी