विनिता सुनार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं कास्की जिल्ला अधिवेशन पुष २३ गते हुने भएको छ । नेकपा एमाले कास्कीले अधिवेशनबारे बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष मन बहादुर गुरुङले अधिवेशनको तयारीमा पार्टी लागेको जानकारी दिए । उनले अधिवेशन सम्पन्न गर्नका लागि १० वटा विभिन्न उप–समिति गठन गरिएको जानकारी दिए ।
उनले पार्टीको अधिवेशनले सहमतिबाटै नेतृत्व चयन गर्ने बताए । असोजमा सम्पन्न पालिका अधिवेशन समेत सर्वसम्मतिमै भएकाले जिल्लामा समेत सर्वसम्मतबाटै जाने बताए ।
पार्टीमा गुट उपगुट नरहेको दाबी गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीले देशभरका जिल्ला अधिवेशनको एक साथ भर्चुअल मार्फत सम्बोधन गर्दै उदघाट्न गरिने बताए ।



























प्रतिक्रिया लेख्नुहोस्:-