खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योगीहरुसंग छलफल गरेको छ । खाद्यन्नलाई स्वच्छ र सफा राख्ने उदेश्यकका साथ कार्यालयले पोखरा औद्योगिक क्षेत्रमा खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धि गोष्ठी सम्पन्न गरेको हो ।
उक्त गोष्ठीमा खाद्य स्वच्छताका बारेमा खाद्य निरीक्षक सोनन्द मल्लले एक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले खाद्य उत्पादन गर्दा हरेक कुरामा ध्यान दिन आवस्यक रहेको बताएकी थिइन् ।
खाद्य स्वच्छताका लागि आवस्यक अनुगमनदेखि कर्मचारीको सुरक्षा, सफाई र औजारहरुको मर्मत तथा हेरचाहमा मुख्य ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सहभाथी उद्योगीहरुले उत्पादन अगावै आउने कच्चा पदार्थ समेत गुणस्तरीय नहुने हुँदा समस्या आउने गरेको बताए । उनीहरुले आगामी दिनमा आफूहरुले सुधार गर्नुपर्ने कुरालाई सुधार गर्ने बताएका थिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-