२०८३ अशोज ६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मनको वेदना अक्षर बनि कोरिन थालेपछि….

गण्डकी प्रेस
मंसिर २०, २०७८ १४:१२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज, साहित्य/मनोरञ्जन
मनको वेदना अक्षर बनि कोरिन थालेपछि….
92
SHARES
Share on FacebookShare on Twitter

विनिता सुनार

चलचित्र भनेका काल्पनिक र यथार्थ कथामा आधारित हुन्छन् । काल्पनिक कथा भन्दा यथार्थ कथा भएका चलचित्रले दर्शकको मन रुवाउँछ, खुसी बनाउँछ अनि केहि प्रेरणा दिन्छ ।

यस्ता अनेकौँ चलचित्रहरु छन् । यी मध्येकै एक हो नेपाली चलचित्र ‘बबी’ । बबी २०७८ सालमा सर्वाधिक चलेको फिल्म मध्येको एक हो । अन्तर जातिय दुई प्रेमीहरुको बायोपिकमा निर्माण भएको चलचित्रले दर्शकहरुलाई हलसम्म तानेको थियो ।

चलचित्रमा उमेश थापा र कविता गुरुङको प्रेम, संघर्ष र सफलताका कथालाई निर्माता तथा निर्देशक मिलन चाम्सले पर्दामा उतारेका थिए ।

सोहि चलचित्रकी अभिनेत्री तथा कथाकी मुख्य पात्र कविता गुरुङले पुनःदर्शकहरुको सामु ‘म अनि मेरो’ नामक पुस्तक लिएर आएकी छिन् ।

चलचित्रमा जे कथा छ, पुस्तकमा पनि त्यहि छ । चलचित्रमा भन्दा बढि उनको जीवन त्यो पुस्तकमा कोरिएका छन् । हजारौँ अक्षरहरु शब्दमा बदलिएर कोरिदा एक नारीले अन्तरजातिय विवाह गर्दा भोगेकी मिठा नमिठा कुराहरु छन् ।

जुन नेपालदेखि नर्वेसम्मका अनुभव र संघर्षलाई अक्षरांश गरिएको छ । कविता भन्छिन्, ‘हजुरहरुलाई अचम्म लाग्ला । यस्तो टिकटक, फेसबुकको जमानामा पनि पुस्तक लेख्ने ?, पढ्ने ? त्यसमा पनि उमेश र मेरो लाइफको जसमा ‘बबी’ चलचित्र पनि बनिसकेको छ । जहाँ धेरै कुराहरु आइसकेका छन् ।

त्यति मात्र नभई हामीलाई माया गर्ने दर्शकहरुले अन्तरवार्ताबाट पनि हाम्रो बारेमा धेरै कुराहरु थाहा पाइसक्नु भएको छ । फेरी यस्तोमा पनि पुस्तक लेखेर ल्याउने ?

पुस्तक लेख्ने मेरो कुनै योजना या सोच राखेर लेखेकी होइन् । यो त कोरोनाको समयमा भएको लकडाउनमा आफ्ना मनोभावनालाई उद्रित मात्रै गरेकी हुँ । यो लकडाउनको सदुपयोग मात्रै हो ।’

लकडाउनमा उनका श्रीमान्ले कार्यालयको काम जतिसबै घरबाट गर्थे । बाजु (छोरा) ले पनि अनलाइन कक्षा घरबाटै पढ्थे । तर, कविताभने क्यानटिनमा काम गर्ने भएकाले घरबाट काम सम्भव थिएन् ।

उनले लकडाउनको डेढबर्ष घरमै विताइन् । त्यसैको फल हो ‘म अनि मेरो’ नामक पुस्तक । ‘त्यो समयमा (लकडाउन) मैले टिनएजको लाइफ बिताइ राखेको थिए, रातभर टि.भी हेर्ने अनेक गर्ने, दिनभर सुत्ने ।

पछि समय खेर गएको महशुुस भयो अनि केहि गर्छु भनेर ब्लग लेख्न थाले ।’ ‘मैले लेखेका नोटहरु अरुलाई देखाए प्रतिक्रिया पनि राम्रो पाए । त्यसमा सबैभन्दा राम्रो प्रतिक्रिया उमेशले दिनुभयो जसबाट म प्रभाबित भएर अझै लेख्न थालेँ ।

लेख्दै जादाँ झण्डै ८० प्रतिशत सकिएको पत्तो नै भएन् । त्यसपछि किताब नै बनाउछु भन्ने सोचमा पुगेपछि छपाइका बारेमा बुझन् थालेँ ।

मैलेँ काठमाण्डौमा चिनेको एकजना जगत दाई हुनुहुन्थ्यो, मैलेँ उहाँलाई मेरो लेखको बारेमा बताए । यसलाई किताब बनाएर लेख्दा (छाप्दा) के गर्नुपर्छ भनेर बुझेँ । यस्तै प्लान मा प्रकाशित भएको हो ‘म अनि मेरो’ किताब ।

कविताको पुस्तकमा कुनै पनि त्यस्ता शब्दहरु छैनन् जुन अनुभवी र व्यवसायीक लेखकले लेख्ने गर्छन् । किताबमा ह्या ! झयाउ लाग्यो, गर्दिन् भन्ने खालका शब्दहरु बढीमात्रामा छन् ।

‘जब मैले यसलाई इडिट गर्न पठाएको थिए यसलाई सम्पादन गर्दा आधाभन्दा बढी इडिट गरेर राख्नुभएको थियो, तर मलाई मन परेन् । मैले फेरि मेरो शब्द नै राखिदिनु, भाषा, ह्रस्व, दीर्घ मात्र मिलाउन भने ।

त्यसतै भयो ’ उनले सुनाइन्,‘ किताबमा भएका सबै शब्दहरु मेरा आफ्नै हुन् । कुनैकुनै यस्ता शब्दहरु छन्, जुन दाईले हटाउन नै मान्नु भएन ।

त्यतिबेला उमेशले मलाई किस गर्दा ‘मेरो फष्ट किस’ लेख्दा दाईले (जगत) पहिलो चुम्बन लेखिदिनु भएको थियो, जुन मलाई कत्तिपनि मन परेको थिएन । दाईसँग झगडा गरेर मैले आफ्नै शब्दहरु राखेको छु ।

हजुरहरुले किताब पढ्दा एउटा प्रोफेशनल राइटरको जस्तो त पाउनु हुँदैन होला, तर त्यहाँ जे छ मैले बोलेका शब्दहरु र मैले बोल्ने शब्दहरु छन् । आशा छ सबैले मन पराइदिनु हुन्छ ।

मोबाइलको नोटप्याडमा लेखेको, मेरो मन भित्रको कुराहरुलाई एउटा किताबको रुपमा लिएर आएको छु । मोबाइलमा टाइप गर्दा मेरा सबै हातहरु गलेका थिए ।

कुनै कुनै समयमा म यसरी डुबेर पनि लेख्ने गर्थँे दुई तीन घण्टा बितेको थाहै हुदैन्थ्यो । कुनै कुनै यस्तो पलहरु पनि थिए, जुन कुराहरु लेख्दा मेरा आँखा भरिएर आउँथ्यो ।

कुनै यस्ता पल थिए मैले लेख्न पनि छोडेको थिए । यस्ता नराम्रा अनुभवहरु छन् मेरा जीवनमा जुन मैले टाइप गर्न समेत मेरा हातहरु काम्ना थाल्छन् ।

किताब भित्र मैले यो धर्तीमा जन्म लिएर सम्झिएँ देखि अहिलेसम्म ‘बबी’ चलचित्र कसरी बन्यो र यो चलचित्र कसरी निर्माण भएदेखि हालसम्मका मेरो अनुभुती यस किताबमा समेटिएका छन् ।

किताबमा चलचित्रमा भएका धेरै कुराहरु छन्, तर चलचित्रमा नभएका धेरै कुराहरु किताबमा लेखिएका छन् । विवाह पछि घरमा बस्न अल्छी लाग्ने भएर म कलेज भर्ना भएको थिए ।

कलेजमा मेरो एउटा केटा साथी थियो, जसलाई मैले हरेक कुरा भन्ने गर्थे, तर उसले सुनिदिन्थ्यो, उसले के नै बुझयो होला र ? भर्खर भागेर गएको केटीको कुरा तर, पनि उसले सुनिदिन्थ्यो ।

त्यो समयमा मेरो कुरा सुनिदिने मान्छे पाउनु नै मेरो लागि ठुलो कुरा थियो । त्यो साथि मेरो किताबमा छ चलचित्रमा छैन् । यस्ता धेरै कुराहरु किताबमा छन् चलचित्रमा छैनन् ।

यो किताबको लागि मैले धेरै मेहनत गरेको छु । पैसा बचाएको छु । उमेशसँग पनि एक पैसा लिएको छैन् । म आफुले आफुलाई कविता गुरुङ भनेर नै चिनाउन चाहन्छु । म कुनै नायिका हो जस्तो पनि मलाई लाग्दैन् । एउटा मन भित्रको कुरा लेखेर म लेखिका भए जस्तो पनि लाग्दैन त्यसैले मलाई कविता भनिदिनु म त्यसैमा धेरै खुसी हुन्छु ।

सम्बन्धित समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित
प्रमुख समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक
अर्थ

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ
प्रमुख समाचार

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

चर्चित खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार