विनिता सुनार
चलचित्र भनेका काल्पनिक र यथार्थ कथामा आधारित हुन्छन् । काल्पनिक कथा भन्दा यथार्थ कथा भएका चलचित्रले दर्शकको मन रुवाउँछ, खुसी बनाउँछ अनि केहि प्रेरणा दिन्छ ।
यस्ता अनेकौँ चलचित्रहरु छन् । यी मध्येकै एक हो नेपाली चलचित्र ‘बबी’ । बबी २०७८ सालमा सर्वाधिक चलेको फिल्म मध्येको एक हो । अन्तर जातिय दुई प्रेमीहरुको बायोपिकमा निर्माण भएको चलचित्रले दर्शकहरुलाई हलसम्म तानेको थियो ।
चलचित्रमा उमेश थापा र कविता गुरुङको प्रेम, संघर्ष र सफलताका कथालाई निर्माता तथा निर्देशक मिलन चाम्सले पर्दामा उतारेका थिए ।
सोहि चलचित्रकी अभिनेत्री तथा कथाकी मुख्य पात्र कविता गुरुङले पुनःदर्शकहरुको सामु ‘म अनि मेरो’ नामक पुस्तक लिएर आएकी छिन् ।
चलचित्रमा जे कथा छ, पुस्तकमा पनि त्यहि छ । चलचित्रमा भन्दा बढि उनको जीवन त्यो पुस्तकमा कोरिएका छन् । हजारौँ अक्षरहरु शब्दमा बदलिएर कोरिदा एक नारीले अन्तरजातिय विवाह गर्दा भोगेकी मिठा नमिठा कुराहरु छन् ।
जुन नेपालदेखि नर्वेसम्मका अनुभव र संघर्षलाई अक्षरांश गरिएको छ । कविता भन्छिन्, ‘हजुरहरुलाई अचम्म लाग्ला । यस्तो टिकटक, फेसबुकको जमानामा पनि पुस्तक लेख्ने ?, पढ्ने ? त्यसमा पनि उमेश र मेरो लाइफको जसमा ‘बबी’ चलचित्र पनि बनिसकेको छ । जहाँ धेरै कुराहरु आइसकेका छन् ।
त्यति मात्र नभई हामीलाई माया गर्ने दर्शकहरुले अन्तरवार्ताबाट पनि हाम्रो बारेमा धेरै कुराहरु थाहा पाइसक्नु भएको छ । फेरी यस्तोमा पनि पुस्तक लेखेर ल्याउने ?
पुस्तक लेख्ने मेरो कुनै योजना या सोच राखेर लेखेकी होइन् । यो त कोरोनाको समयमा भएको लकडाउनमा आफ्ना मनोभावनालाई उद्रित मात्रै गरेकी हुँ । यो लकडाउनको सदुपयोग मात्रै हो ।’
लकडाउनमा उनका श्रीमान्ले कार्यालयको काम जतिसबै घरबाट गर्थे । बाजु (छोरा) ले पनि अनलाइन कक्षा घरबाटै पढ्थे । तर, कविताभने क्यानटिनमा काम गर्ने भएकाले घरबाट काम सम्भव थिएन् ।
उनले लकडाउनको डेढबर्ष घरमै विताइन् । त्यसैको फल हो ‘म अनि मेरो’ नामक पुस्तक । ‘त्यो समयमा (लकडाउन) मैले टिनएजको लाइफ बिताइ राखेको थिए, रातभर टि.भी हेर्ने अनेक गर्ने, दिनभर सुत्ने ।
पछि समय खेर गएको महशुुस भयो अनि केहि गर्छु भनेर ब्लग लेख्न थाले ।’ ‘मैले लेखेका नोटहरु अरुलाई देखाए प्रतिक्रिया पनि राम्रो पाए । त्यसमा सबैभन्दा राम्रो प्रतिक्रिया उमेशले दिनुभयो जसबाट म प्रभाबित भएर अझै लेख्न थालेँ ।
लेख्दै जादाँ झण्डै ८० प्रतिशत सकिएको पत्तो नै भएन् । त्यसपछि किताब नै बनाउछु भन्ने सोचमा पुगेपछि छपाइका बारेमा बुझन् थालेँ ।
मैलेँ काठमाण्डौमा चिनेको एकजना जगत दाई हुनुहुन्थ्यो, मैलेँ उहाँलाई मेरो लेखको बारेमा बताए । यसलाई किताब बनाएर लेख्दा (छाप्दा) के गर्नुपर्छ भनेर बुझेँ । यस्तै प्लान मा प्रकाशित भएको हो ‘म अनि मेरो’ किताब ।
कविताको पुस्तकमा कुनै पनि त्यस्ता शब्दहरु छैनन् जुन अनुभवी र व्यवसायीक लेखकले लेख्ने गर्छन् । किताबमा ह्या ! झयाउ लाग्यो, गर्दिन् भन्ने खालका शब्दहरु बढीमात्रामा छन् ।
‘जब मैले यसलाई इडिट गर्न पठाएको थिए यसलाई सम्पादन गर्दा आधाभन्दा बढी इडिट गरेर राख्नुभएको थियो, तर मलाई मन परेन् । मैले फेरि मेरो शब्द नै राखिदिनु, भाषा, ह्रस्व, दीर्घ मात्र मिलाउन भने ।
त्यसतै भयो ’ उनले सुनाइन्,‘ किताबमा भएका सबै शब्दहरु मेरा आफ्नै हुन् । कुनैकुनै यस्ता शब्दहरु छन्, जुन दाईले हटाउन नै मान्नु भएन ।
त्यतिबेला उमेशले मलाई किस गर्दा ‘मेरो फष्ट किस’ लेख्दा दाईले (जगत) पहिलो चुम्बन लेखिदिनु भएको थियो, जुन मलाई कत्तिपनि मन परेको थिएन । दाईसँग झगडा गरेर मैले आफ्नै शब्दहरु राखेको छु ।
हजुरहरुले किताब पढ्दा एउटा प्रोफेशनल राइटरको जस्तो त पाउनु हुँदैन होला, तर त्यहाँ जे छ मैले बोलेका शब्दहरु र मैले बोल्ने शब्दहरु छन् । आशा छ सबैले मन पराइदिनु हुन्छ ।
मोबाइलको नोटप्याडमा लेखेको, मेरो मन भित्रको कुराहरुलाई एउटा किताबको रुपमा लिएर आएको छु । मोबाइलमा टाइप गर्दा मेरा सबै हातहरु गलेका थिए ।
कुनै कुनै समयमा म यसरी डुबेर पनि लेख्ने गर्थँे दुई तीन घण्टा बितेको थाहै हुदैन्थ्यो । कुनै कुनै यस्तो पलहरु पनि थिए, जुन कुराहरु लेख्दा मेरा आँखा भरिएर आउँथ्यो ।
कुनै यस्ता पल थिए मैले लेख्न पनि छोडेको थिए । यस्ता नराम्रा अनुभवहरु छन् मेरा जीवनमा जुन मैले टाइप गर्न समेत मेरा हातहरु काम्ना थाल्छन् ।
किताब भित्र मैले यो धर्तीमा जन्म लिएर सम्झिएँ देखि अहिलेसम्म ‘बबी’ चलचित्र कसरी बन्यो र यो चलचित्र कसरी निर्माण भएदेखि हालसम्मका मेरो अनुभुती यस किताबमा समेटिएका छन् ।
किताबमा चलचित्रमा भएका धेरै कुराहरु छन्, तर चलचित्रमा नभएका धेरै कुराहरु किताबमा लेखिएका छन् । विवाह पछि घरमा बस्न अल्छी लाग्ने भएर म कलेज भर्ना भएको थिए ।
कलेजमा मेरो एउटा केटा साथी थियो, जसलाई मैले हरेक कुरा भन्ने गर्थे, तर उसले सुनिदिन्थ्यो, उसले के नै बुझयो होला र ? भर्खर भागेर गएको केटीको कुरा तर, पनि उसले सुनिदिन्थ्यो ।
त्यो समयमा मेरो कुरा सुनिदिने मान्छे पाउनु नै मेरो लागि ठुलो कुरा थियो । त्यो साथि मेरो किताबमा छ चलचित्रमा छैन् । यस्ता धेरै कुराहरु किताबमा छन् चलचित्रमा छैनन् ।
यो किताबको लागि मैले धेरै मेहनत गरेको छु । पैसा बचाएको छु । उमेशसँग पनि एक पैसा लिएको छैन् । म आफुले आफुलाई कविता गुरुङ भनेर नै चिनाउन चाहन्छु । म कुनै नायिका हो जस्तो पनि मलाई लाग्दैन् । एउटा मन भित्रको कुरा लेखेर म लेखिका भए जस्तो पनि लाग्दैन त्यसैले मलाई कविता भनिदिनु म त्यसैमा धेरै खुसी हुन्छु ।
प्रतिक्रिया लेख्नुहोस्:-