पोखराको भलाममा मात्र होइन् देशभर नै पानीले वितण्डा मच्चाई रहेको छ । तर, अधिकांश स्थानमा भने अव्यवस्थित र अन्दाधुन्द सडक खन्नाले नै पहिरो गइरहेको देखिन्छ ।
भलामको ¥यालेचौरको उक्त बस्तीमा आजभन्दा अघिसम्म यसरी पहिरो कहिल्यै नगएको स्थानीयहरु सुनाउँछन् । पानीको भेल आउने गरेपनि पहिरो भने अहिलेसम्म गएको थिएन ।
तर, बस्ति भन्दा करिब ४ सय मिटर पश्चिम तर्फ भने २०५१ सालमा पहिरो गएको स्थानीय कुमार आचार्यले बताए । आचार्य अहिले ४८ वर्षका पुगे तर, उनले आफ्नो टोलमा त्यति ठुलो पहिरो गएको कुनै दिन थाहा पाएनन् ।
‘२०५१ सालमा पहिरो जादाँ हामीले नै उद्दार गरेका थियौ । त्यतिबेला मानविय क्षति भने भएको थिएन् । घर पूर्ण रुपमा क्षति भएको थियो । तर, हाम्रो क्षेत्र त सुरक्षित क्षेत्र थियो ।
यतिठुलो पहिरो जाने त कुनै दिन कल्पना समेत थिएन्’ उनले भने । पछिल्लो समय मनाङसम्म जोड्नेगरी सडक निमार्णको काम भइरहँदा बारम्बार स्काभेटरको प्रयोग हुदैँ आएको उनले सुनाए ।
उनले जथाभावि डोजर चलाएकै कारण पहिरो गएको बताए । ‘खै किन हो बेला बेलामा माथि डोजर चलाउँथे । कम्पनीलाई ठेक्कापट्टा पाए भयो, राज्यलाई टेन्डर दिन पाए भयो । अनुगमन गर्नु छैन अनि दुर्घटना त हुने नै भयो नि’ उनले भने ।
२०५१ सालमा पूर्ण बहादुर गुरुङको घर पहिरोमा परेको थियो । हाल गुरुङको परिवार भने युके रहेका छन् । अर्का स्थानीय दिपक पौडेलले अनावश्यक रुपमा डोजर चलाएकै कारण पहिरो गएको बताए । ‘अहिले जतापनि अव्यवस्थित सडक खनिरहेका छन् ।
यहाँमात्र होइन यो देशभरको समस्या हो । वातावरणीय हिसाबले निमार्ण हुदैन त्यसैले बाढि पहिरो जाने हो’ उनले भने,‘ विकास गर्दा केहि विनास हुन्छ नै तर, धेरै विनास हुनेगरी त गर्न भएन नी ।
यहाँ आजभोली निकै डोजर चलाउँछन् त्यसैलेपनि पहिरो गएको हो ।’ शिक्षक समेत रहेका पौडेलका अनुसार सडक सहित रुखहरु बुढो भएको कारण पनि पहिरो गएको हुन सक्छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-