पोखरा / बलात्कार मुद्धाका फरारक कैदी एक करोड ठगिमा पक्राउ परेका छन् । गत वर्ष भदौ २४
भएको जेनजी आन्दोलनको क्रममा नख्खु कारारगारबाट फरार भएका ओखलढुंगा सिद्धिचरण नगरपालिका १ घर भइ काठमाडांैं बस्दै आएका २८ वर्षका अनिष थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी जबरजस्ती करणी (बलात्कार) मुद्धामा सजाय भोगिरहेका थिए । फरार रहेका उनले नक्कली सुन देखाइ एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगि गरेका थिए। उनलाई काठमाडौंको टोखा नगरपालिकास्थित एक गेष्ट हाउसबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । उनको साथबाट नक्कली सुन ८५६ ग्राम समेत बरामद गरिएको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-