पोखरा । नेपाल कम्युष्टि माओवादी पार्टीका महासचिव मणिक लामालाई साधराण सदस्य समेत नरहने गरेर कार्वाही गरेको छ ।
लामालाई केही समयमा अघि स्पटीकरण सोधिएको थियो । लामाले चित्तबुझने जवाफ नदिएको कारण उनलाई साधरण सदस्य समेत नरहने गरेर कार्वाही गरिएको पार्टीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गत १८ गते पार्टीको बैठकको बहुमतले उनलाई कावाही गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
लामा माथी प्रहरीसमक्ष आत्मसमपर्ण गरेको, पार्टीको योजना तथा सुचना चुवाहोट गरेको, प्रहरीले प्रक्राउ गरेका कार्याकताको जिम्मा नलिएको, पार्टीको जिम्मेवारी बहान नगरेको लगायतको कुरामा स्पटीकरण सोधिएको थियो ।
हाल पार्टीका करिब २० जना कार्याकता प्रहरी नियन्त्रणमा रहेका छन ।






























प्रतिक्रिया लेख्नुहोस्:-