२०८३ साउन १५, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

गण्डकी प्रेस
बैशाख १८, २०८३ १९:०४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र
13
SHARES
Share on FacebookShare on Twitter

पोखरा, १८ वैशाख । जिल्ला अदालत कास्कीमा अंश, घरेलु हिंसा र मानाचामल सम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा एक जघन्य आपराधिक घटना सतहमा आएको छ। व्यक्तिगत प्रतिशोध साँध्न र आर्थिक लाभ लिने उद्देश्यले सुरु गरिएको यो ठगी प्रकरणमा अहिले प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको छ।

पोखरा महानगरपालिका–७ शान्तिनगरचोककी कञ्चन सेडाईलाई फसाउने नियतले विभिन्न व्यक्तिलाई चेक बाँडिएको र झुठो लेनदेनको दाबी गरिएको पुष्टि भएपछि घटनाले नयाँ मोड लिएको छ। यस प्रकरणमा संलग्न रहेको आशंकामा राजु सुनारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ।

पीडित कञ्चन सेडाईले आफ्ना श्रीमान् अनुप घर्ती जिसीले नै घरबाट चेकबुक चोरेर किर्ते हस्ताक्षरमार्फत आफूलाई फसाउने उद्देश्यले विभिन्न व्यक्तिलाई चेक वितरण गरेको प्रमाणसहित खुलासा गरेकी छिन्। घटनाको विवरणअनुसार २०८२ मंसिर १६ गते र त्यसअघि पनि पटक–पटक कञ्चन घरमा नभएको मौका छोपी अनुपले दराज तोडेर प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र नबिल बैंकका तीनवटा चेकबुक, सुनका गरगहना र नगद चोरी गरेको दाबी गरिएको छ।
एक आफन्तबाट आफ्नो नामको चेक किर्ते हस्ताक्षरसहित विभिन्न व्यक्तिलाई दिइएको र रकम भराउन खोजिएको सूचना पाएपछि मात्र आफूले तत्काल बैंक खाता रोक्का गरी प्रहरीमा उजुरी दिएको कञ्चनले बताइन्। सोही उजुरीका आधारमा चेकमा रकम भरेर वार्गेनिङ गर्न खोज्ने सुनारलाई प्रहरीले पक्राउ गरी हाल तारेखमा राखेको छ।
चोरिएका चेकहरूलाई अवैध ढुकुटी र मिटरब्याजी कारोबारमा प्रयोग गरी अदालतमा मुद्दा दर्ता गराउने र त्यसैको आडमा पीडित सेढाईलाई फसाउने अनुपको योजना रहेको देखिन्छ। प्रहरीले पटक–पटक सम्पर्क गर्न खोज्दा समेत अनुप सम्पर्कविहीन बनेका छन्, जसले उनको संलग्नतालाई थप शंकास्पद बनाएको छ।
यस आपराधिक गिरोहमा अनुपको परिवारका सदस्यहरू पूर्वशिक्षक झपटबहादुर, आमा मिठुकुमारी, दाइ अपार र बहिनी अमृताको समेत संलग्नता रहेको र उनीहरूमाथि पनि कानुनी कारबाही हुनुपर्ने आवाज उठिरहेको छ। अनुसन्धानका क्रममा बाहिरिएको एक कल रेकर्डमा अनुपले चेक लिने व्यक्ति राजु सुनारलाई ‘मैले भनेको बुझेको होला, मैले भने झैं गर्नु भन्दैं प्रहरी वा अदालतमा के भन्ने र कसरी बोल्ने’ भन्दै निर्देशन दिइरहेको र ‘चेक बाउन्स वा पैसा नदिएको विषयमा प्रहरी चौंकीमा किन आईनस् भने आफू अदालतबाट लेनदेनको मुद्दामा अघि बढ्ने भन्नु’ भन्दै आश्वस्त पारिरहेको सुन्न सकिन्छ।
यसरी चेक चोरी भएको थाहा पाए लगत्तै कञ्चन सेडाईले सम्बन्धित बैंकहरुमा खाता रोक्का गर्नुका साथैं, प्रहरी प्रशासनमा निवेदन र जानकारी दिएकी थिईन् । त्यसैगरी सार्वजनिक रुपमा नैं आदर्श समाज राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सर्वसाधारणलाई सचेत गराउँदैं त्यस्तो चेक दिएमा वा कसैलाई ठगीमा सोमल गराउन अनुरोध गरेमा तत्कालै प्रहरीमा खबरगरिदिन पनि अनुरोध गरेकी थिइन्।

कानुनी विज्ञहरूका अनुसार यस्ता मिटरब्याजी कारोबारी र ठगहरूले बैंकिङ प्रणालीको दुरुपयोग गर्दै ‘काउन्टर बाउन्स’ गराउने र अदालतमा लेनदेनको मुद्दा दायर गरी पीडितलाई फसाउने गरेको पाइन्छ। ठगीको यस्तो गिरोहले अदालतमा मुद्दा दायर गर्दा प्रायः मिति र बार खुलाउन सक्दैनन्, जुन उनीहरूको कमजोर पक्ष हो।
यदि पीडितले फरेन्सिक परीक्षणको माग गरेमा चेकमा गरिएको हस्ताक्षर, मसीको प्रकृति र चेक काटिएको समयसम्बन्धी वैज्ञानिक तथ्यहरू सहजै खुल्ने गर्दछन्। फरेन्सिक ल्याबको परीक्षणबाट चेक चोरी भएको समयभन्दा पछि चेक काटिएको र दाबी गरिएको आर्थिक कारोबारको कुनै स्रोत नभएको तथ्य पुष्टि भएसँगै यस्ता जालसाजपूर्ण मुद्दा स्वतः खारेज हुने र उल्टै ठगीमा मुद्दा दर्ता हुने सम्भावना बलियो रहन्छ।

यस प्रकरणमा जोडिएका मुख्य योजनाकार अनुप घर्ती जिसीको विगत समेत आपराधिक रहेको पाइएको छ। उनी यसअघि नै घरमा भाडामा बस्ने १७ वर्षीया युवतीमाथि यौनहिंसा र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परी धरौटीमा छुटेका व्यक्ति हुन्। त्यसैगरी, चेक लिएर दाबी गर्ने राजु सुनार पनि विगतमा चोरीका सुनका गहना किनबेचको अभियोगमा जेल सजाय भोगिसकेका व्यक्ति हुन्। अनुपको परिवार नै मिटरब्याज, ढुकुटी र अवैध सुनको कारोबारमा सक्रिय रहेको पाइएपछि स्थानीय स्तरमा सुरक्षाको चिन्ता थपिएको छ।

पीडित कञ्चन सेडाईले यी चोरिएका चेकहरू फिर्ता नगरे र दोषीमाथि कारबाही नभए थप कानुनी संघर्ष गर्ने चेतावनी दिएकी छिन्। उनले यसलाई केवल बैंकिङ कसुर मात्र नभई चोरी, किर्ते र संगठित ठगीको रूपमा व्याख्या गरेकी छिन्। जिल्ला प्रहरी कार्यालय कास्कीले हाल उक्त जाहेरीका आधारमा अनुसन्धान प्रक्रियालाई तीव्रता दिएको छ।

पटक–पटकका हिंसात्मक घटना र यस्ता आपराधिक क्रियाकलापले गर्दा निर्दोष व्यक्तिको ज्यानसमेत जोखिममा पर्न सक्ने भन्दै स्थानीयले प्रहरी प्रशासनसँग कठोर कदम चाल्न माग गरेका छन्। प्रहरीले समयमै यस्ता किर्ते र ठगीका घटनाको जरोसम्म पुगेर कारबाही नगर्ने हो भने, अंश मुद्दाको आवरणमा निर्दोष व्यक्तिले अनाहकमा प्राण गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका पहाडी र हिमाली जिल्लामा हिमपात र वर्षाको सम्भावना

आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

अर्थमन्त्रीले भोली संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने, नियमावली निलम्बनको तयारी

पर्यटन क्षेत्र समेत बिस्तारै लयमा आएको छः अर्थमन्त्री

नेपाल डेण्टल एसोसिएशन, कास्कीको नयाँ नेतृत्वमा डा. सुदिप गिरी

नेपाल डेण्टल एसोसिएशन, कास्कीको नयाँ नेतृत्वमा डा. सुदिप गिरी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL