२०८२ कार्तिक २०, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विवादित बन्यो शितल ज्योती कप आयोजकको गम्भिर त्रुटि

पुनः खेलाउने खेलमा अर्कै टिमलाई खेलायो

गण्डकी प्रेस
चैत्र ९, २०८१ १८:५१ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
विवादित बन्यो शितल ज्योती कप आयोजकको गम्भिर त्रुटि
98
SHARES
Share on FacebookShare on Twitter


पोखरा – पोखरामा जारी चौथो शितलज्योति कप विवादित बनेको छ । शितल ज्योती क्लबको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको क्वाटरफाइनल विवादित बनेपछि सेमीफाइनल जितेको नव आदर्शले खेल्न नमान्दा एलजी एसोसिएसनलाई सेमीफाइन खेलाएको छ प्रतियोगिताको क्वाटरफाइनल खेलमा नव आदर्श सामुदायिक विकास समाजले एलजी एसोसिएनसलाई टाइब्रेकरमा ४–३ गोलले हराएको थियो । उक्त खेल खेल सकिएपछि एलजीले उजुरी (प्रोटेस्ट) हालेको थियो । एलजी र नव आदर्शक बीचको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

निर्धारित समयको खेल सकिएपछि रेफ्रीले नव आदर्शका एक खेलाडीलाई परिवर्तन गर्न दिएका थिए । त्यसपछि एलजीले केही असन्तुष्टि जनाएपनि टाइब्रेकर सुचारु भएको थियो । टाइब्रेकरमा नव आदर्शले जित हासिल गरेपछि एलजीले आफुहरु अन्यायमा परेको भन्दै प्रोटेस्ट हालेका थिए । उक्त विवाद यहाँ टुंगो नलागेपछि फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) सम्म पुगेको थियो ।

एन्फाले उक्त प्रतियोगिताको नियमावलीमा स्पष्ट व्यवस्था नभएको र फिफाको ल अफ द गेम अनुसार खेल पुनः खेलाउन सकिन्छ भनेर जवाफ पठाएको थियो । सो जवाफअनुसार नव आदर्श जान नमानेपछि आयोजकले आदर्श युवा क्लब र एलजी बिचमा उक्त खेल खेलाएको थियो ।
एलजी एसोसिएसनले निकालेको विज्ञप्तिमा आफुहरुमाथि अन्याय भएको उल्लेख गरेको छ । एसोसिएसनका अध्यक्ष डम्बरजंग गुरुङको हस्ताक्षर रहेको
निर्धारित समयकोे खेल १–१ गोलको बराबरी पछि खेल पेनाल्टि सुटआउटमा पुगेको थियो । अतिरिक्त ३ मिनेट थप गरिएको र सोही क्रममा मुख्य रेफ्री दिपेन्द्र तामाङले खेल समाप्ति घोषणा पश्चात नव आदर्शको तर्फबाट जर्सी नम्बर ४ का सन्देश भण्डारीलाई नियम विपरीत पुनः मैदानमा प्रवेश गराएको विज्ञप्तिमा उल्लेख छ । उक्त निर्णयले खेलको निष्पक्षतालाई गम्भिर प्रभाव पारेको र फिफा नियमअनुसार खेल समाप्त भएपछि प्रोटेस्ट गरेको जनाइएको छ । साथै रेफ्री तथा म्याच ममिस्नरहरुलाई कारवाहिको माग समेत गरेका थिए । ५ गतेको विवाद नटुंगिएपछि ७ गते सेमिफाइनल खेल खेल्न पुग्दा आफुहरुलाई पुनः खेल खेल्न आग्रह गर्दा असन्तुष्टि व्यक्त गरेका हुन् । आफुहरुले जितेर सेमीफाइनलमा पुगिसकेको खेल खेल्नुपर्ने कारण बारेमा खुलाउन समेत आग्रह गरेका छन् नव आदर्शका अध्यक्ष दिनेश भण्डारीको नाम रहेको उक्त पत्रमा नव आदर्शले ५ गतेको क्वाटरफाइनल खेलमा आफुहरुको गल्ति कसरी भयो भनि प्रश्न गरेका छन् । उनीहरुले खेल पुनः गराउने प्रावधान खेलको समयावधिको कुन दफा, कति धारा, कुन उपधारामा पुनः खेल बारेम उल्लेख छ? भनि प्रश्न गरेका छन । एन्फा, आयोजक, एलजी र नव आदर्शले छुट्टाछुट्टै विज्ञप्ति निकालेका थिए ।

उता आयोजकले ७ गते नै नव आदर्शलाई पत्रचार गर्दै खेल पुनः सञ्चालन गर्न अनुरोध गरेको थियो । आयोजकले एन्फाबाट खेल पुनः सञ्चालन गर्न भनेको भन्दै पत्राचार गरेको थियो । उता खेल संयोजक निरज गुरुङ र क्लबका अध्यक्ष नर प्रसार गुरुङको हस्ताक्षर रहेको पत्रानुसार एन्फाको पत्र अनुसार नै खेल पुनः सञ्चाल गरिने भनि नव आदर्शलाई पठाइएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ७ गतेनै शितल ज्योती कप २०८१ मा एलजी एसोसिएसन र नाकोड्स बिच खेलाडी परिवर्तन गरी पेनाल्टी सुटआउट मा सहभागी भएको विषयमा प्रतियोगिताको नियमावली स्पष्ट व्यवस्था नभएको र फिफाको ल अफ द गेम अनुरा पुनः खेल खेलाउन सकिने भनि कास्की जिल्ला फुटबल संघलाई पत्राचार गरेको थियो । उक्त पत्रमा महासचिव किरण राईको हस्ताक्षर रहेको छ । ९० मिनेटको खेल सकिएपछि खेल सोझै टाइब्रेकर खेलाइएको थियो । अहिले पोखरा रंगशालामा फाइनल खेल सहारा क्लब र एलजी एसोसिएसन बिच चलिरहेको छ । यो भन्दा अघि आयोजकले नव आदर्शको ठाउँमा एलजीलाई खेलाएको छ ।
के छ ल अफ दी गेममा ?
परित्याग गरेको खेल पुनः खेलाउनुपर्ने हुन्छ । ल अफ दी गेममा भनिएको छ, ‘प्रतियोगिताको नियम वा आयोजकले अन्यथा निर्धारण नगरेसम्म परित्याग गरिएको खेल पुनः खेलाइन्छ ।’ ल–३ मा भएको व्यवस्था अनुसार कुनै एक टिमले आफ्ना अतिरिक्त खेलाडीलाई परिवतर्न गरेको छैन भने ति खेलाडीलाई अतिरिक्त समयमा थप गर्न सक्ने भनि उल्लेख छ । तर, खेलमा अतिरिक्त समयको सुरुवात, बीचको अवधि र अतिरिक्त समयको आधा– समयमा पनि प्रतिस्थापन गर्न सकिन्छ भनि उल्लेख गरिएको छ ।
सोही नियमको ल–१० को पेनाल्टि सम्बन्धि सुटआउटमा गोलरक्षक बाहेक अन्यले जारी राख्न नपाउने व्यवस्था गरिएको छ । खेलाडी, वैकल्पिक खेलाडी, प्रतिस्थापन गरिएको खेलाडी वा टोली अधिकारीलाई चेतावनी दिन वा बाहिर पठाउन सकिन्छ । उक्त नियममा भनिएको छ, ‘गोलरक्षक बाहेक अन्य खेलाडी जो मैदानमा छन उनलाई प्रतिस्थापन गर्न सकिदैन ।’

सम्बन्धित समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न
समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै
प्रमुख समाचार

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?
अर्थ

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद
प्रमुख समाचार

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न
प्रमुख समाचार

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

चर्चित खबरहरु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

त्रिशुलीमा ट्रक खस्दा सवारी चालक बेपत्ता

सवारी दुर्घटनामा ३ जनाको मृत्यु