काठमाडौं ९ भदौ । सुनसरी, ईटहरी उपमहानगरपालिका १७ बिबेक पेट्रोल पम्पस्थित सडकमा प्रदेश नम्बर १-०५-००१ ख ००४९ नम्बरको ट्रकले प्र-१-०२-०४३ प ९१४३ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार रामधुनी नगरपालिका ३ बस्ने १८ वर्षीय निराजन खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिनुका साथै फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा, वीरगंज महानगरपालिका २५ स्थित सडकमा ना ४ ख ८०३ नम्बरको ट्रकले ना १६ प ७६०८ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका ४ जेलरोड बस्ने ५५ वर्षीय विनोद अग्रवालको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा, नरहा गाउँपालिका ५ स्थित सडकमा बा ११ च ३८१४ नम्बरको गाडीले स ६ प ९५९१ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक अर्नामा गाउँपालिका २ ब्रम्हपुरी बस्ने २५ वर्षीय श्रीलाल महराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि आरके मेडिसिटि मुसहरनिया धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-