अर्जुन हिताङ कास्की
“Conscious Leadership, Meaningful Service” भन्ने नाराका साथ “Lions Club of Pokhara Goodwill” नामक सामाजिक संस्थाले ०८२असोज ३० गते बिहिबार पोखरा महानगरपालिका वडा नं १४ गच्छबुडुवा स्थित वात्यस्यायन वृद्धाश्रममा समाज नै चकित हुने कामको थालनी गरेको हो। कार्यक्रममा प्रमुख अतिथि निवर्तमान डिस्ट्रीक गभर्नर विनोद ढुंगाना,बिशिष्ट अतिथि राम वसेल तथा संस्थाका पूर्व अध्यक्ष ,प्रथम उपाध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।
एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविर भव्य रूपमा सम्पन्न गरेको छ।
CBC, LFT, RFT, Uric Acid, Fasting Lipid Profile, FBS, ECG, Urine R/E लगायतका विभिन्न स्वास्थ्य परीक्षण गरिएको छ । मणिपाल शिक्षण अस्पतालका वरिष्ठ फिजिसियन कन्सलटेन्ट डा. अनमोल पौडेल द्वारा निशुल्क परामर्श समेत गरि उहाँ (वृद्धा बुवा,आमा)हरुको चेकजाँच गरिएको हो। उक्त रगत परिक्षणबाट देखा परेका समस्यापूर्तिमा सहज हुनका लागि क्लबले वृद्धाश्रममा आश्रित २१ जनाजेष्ठ नागरिकहरूलाई निःशुल्क औषधि, स्वास्थ्य सामग्री तथा फलफूल वितरण गरेको हो।
कार्यक्रमको प्रमुख प्रायोजनमा Franklin International Group, Ran Foundation, ASA Nepal लगायत संस्थाहरू रहे भने URL Hospital Chowk Diagnostics Pvt. Ltd. ले प्राविधिक सहयोग प्रदान गरेको थियो।
शिविरको नेतृत्व समेत गर्नुभएका क्लब अध्यक्ष राजेन्द्र शर्माले समाजमा यो किसिमको काम गर्दा मन पनि आन्नदित हुने वुवा,आमाले छोराछोरीको जस्तै माया पाउने हुनाले यो सामाजिक काम उनकाे कार्यकाल देखि नै सुरु गर्न थालनी गरेको बताए ।
समाजले केहि सिक्न पाउने यो पहिलो उदाहरणीय काम भन्दै सबैले हातमा हात मिलाउन, सामाजिक काममा सहयोग गर्न आग्रह समेत गरे । लाएन्स क्लबले समाजमा ठुलो योग्दान नगरेको हैन,विभिन्न स्कुल,गरिव तथा अति विपन्न परिवार, बालगृह लगाएत समाजमा परेका समस्यामा सँगै हातेमालो गरेको स्पष्टता हामी सँग पानी जस्तै छर्लङ्ग देखिन्छ तर यो फरक किसिमको समाज सेवा छ।
घरपरिवार विहिन् वृद्धाहरुलाई यसरी सहयोग गर्दा नयाँ कामको पनि थालनी भयो अब यसले समाजमा सकरात्मक सन्देश प्रवाह हुने आकलन गरिएको छ। उक्त सेवाबाट ति बुढाबुढि आमा,वुवाहरुको मुहारमा खुसिले दंगित भएको प्रष्ट देखिएको थियो । सबै वृद्धा वुवा आमाले शिरमा हात रहेर आशिर्वाद समेत दिएका थिए |
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष विपिन सुवेदीले कार्यक्रममा बोल्दै भने, “जसले सेवा गर्छ, उसले साँचो खुशी अनुभूति गर्छ। हाम्रो उद्देश्य नै समाजका बेसहारा, जेष्ठ नागरिक र विपन्न वर्गसम्म निःशुल्क स्वास्थ्य सेवा पुर्याउनु हो।” भने कार्यक्रम सञ्चालन भने क्लबका सचिव अनन्त राम अर्यालले गरेका हुन्।

























प्रतिक्रिया लेख्नुहोस्:-