काठमाडौं, २३ असोज
पर्सा, पर्सागढी नगरपालिका-४ देवागुठीस्थित सडकमा रोकी राखेको ना. ६ त ५०९४ नम्बरको टेलरमा म. प्र.०३-०३६प १०३९ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ हरपुर बस्ने २५ वर्षीय प्रितम पटेलको मृत्यु भएको छ । दर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चितवन, राप्ती नगरपालिका-२ सिमराचोक स्थित सडकमा बा. प्र ०२-०५६ प १११५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री रौतहट माधव नारायण नगरपालिका-८ बस्ने २४ वर्षीय रूपेश राय यादवको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बारा, जीतपुर सिमरा उपमहानगरपालिका-१६ बाह्रकिलो जंगलस्थित सडकमा बाग्मती प्रदेश०३-००१ च १९५१ नम्बरको पिकअप गाडी अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय बुद्धि बहादुर रूम्बाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका गाडीका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्युठान, मल्लरानी गाउँपालिका-१ टोड्केस्थित सडकमा ना.५ ख ६०४ नम्बरको बसले किचेर झिमरुक गाउँपालिका-४ कन्दले बस्ने ४० वर्षीय चन्द्र बहादुर पुनको बुधबार राति मृत्यु भएको छ । बसले किचेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित सडकमा लु.५६ प १००३ नम्बरको मोटरसाइकलअनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक लमजुङ भोटेवडार घर भएका ३४ वर्षीय नवराज अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८

























प्रतिक्रिया लेख्नुहोस्:-