काठमाडौं । कास्की, पोखरा महानगरपालिका-२६ बुढीबजार डेरा गरी बस्ने पाँचथर घर भएका ४० वर्षीय सन्तोष लिम्बु आफु सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, शान्तिनगर गाउँपालिका-३ केराघारी बस्ने ५९ वर्षीया धनमाया पुन सोही ठाउँस्थित बस्तीखोलाको कुलोमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । साउन ३० गतेदेखि घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
बैतडी, पञ्चेश्वर गाउँपालिका-४ कन्ना बस्ने १४ वर्षीय रमेश भट्ट सोही गाउँपालिका-४ वल्यास्थित जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । गत साउन ७ गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
जाजरकोट, छेडागाड नगरपालिका-६ सुवानाउली बस्ने ७० वर्षीय कलविन टमाटा सोही ठाउँस्थित गोठाकुना भन्ने जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ गुडरीयास्थित गण्डक नहरको छेउमा हाल नाम, थर, वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

























प्रतिक्रिया लेख्नुहोस्:-