पोखरा । पोखरा महानगरपालिका ३२ का रबिन केसी लगायत ३ जनाले पोखरा महानगरपालिका बिरुद्ध रिट हालेका छन । बिहिबार उच्च अदालत पोखरामा दर्ता भएको छ । पोखरा महानगरपालिका भित्रबाट उठाएर फोहोर लामेआहालमा फल्नुपर्ने किन ? भनि शुक्रबार मात्र उच्च अदालत पोखराले पोखरा महानगर वडा ३२ मा फोहोर फाल्नुको कारण देखाउ आदेश दिएको छ ।

फोहोर फाल्ने ठाउँ वरपर गन्ध धेरै आएको, सोही गन्धको कारण फोहोर फाल्ने ठाउँ वरिपरीका घरमा र आश्रममा बस्नेलाइ असर भएको, गन्धको कारण फोहोर फल्ने ठाउँ वरपरका घरमा हरियो झिंगा आएको कुरा रिटमा उल्लेख गरेको केसी बताउछन् ।
‘लामो समय सम्म यसरी वातावरण प्रदुषण भएमा जनताको स्वास्थमा असर, झाडा पखला, डेंगु हैजा लगायतका रोगको माहामारी फैलन सक्ने भएकाले फोहोर फल्न रोकी पाउ भनी रिट दर्ता गरेको हुँ ।’
पोखरा ३२ का रबिन केसी, तिथेन्द्र बहादुर केसी, ब्रजेन्द्र गुरुङले पोखरा महानगरपालिका कार्यालय, मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, विपद तथा फोहोर मैला व्यवस्थापन निर्माण उपभोक्ता समिती लामेआहाल, समितिका अध्यक्ष बुद्धीमान गुरुङ, शिवराजबलामिछानेलाइ विपक्षी बनाएर रिट दार्ता गरिएको छ ।
हिजोको दिनमा ६ महिनाको लागी ल्याएका हुन । असार १५ समय सकिएको छ सधै बस्तीको बिचमा फोहोर फाल्न हुँदैन यसको लागी महानरपालिकाले विकल्प सोच्नुपर्ने केसी बताउछन् ।
गन्ध फैलिनुमा आर्थिक चलखेल
लामेआहालमा फोहोर लगै लगतै पुर्ने गरेर व्यवस्था मिलाइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बताउछन् । यता स्थानीयले फोहरको गन्ध आएको व्यवस्थापन राम्रोसंग नभएको कारण महामारी फैलने खतरा भएको बताउछन् ।
उसो त पछिल्लो समयमा फोहोर व्यवस्थान हुन नसेकेको स्थानियले गुनासो गर्दै आइरहेका छन। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भनेको जसरी फोहोर फलेपछी फोहोर छोप्ने काम भएको छैन ।
फोहोर फाल्दा फोहोरबाट विभिन्न बस्तु निकालेर बेच्ने भनेर महानगरपालिकाले सम्झौता गरेको छैन । तर पछिल्लो समयमा फोहोरबाट विभिन्न बस्तु निकालेर बेच्ने काम भैरहेको स्थानिय बताउछन् । बस्तु निकालेर बेच्नको लागि फोहोर नछोपीएको हो । सोही कारण फोहोर फैलिएको हो । यसरी फाेहरबाट निकालेकाे बस्तु बेचेकाे आम्दानी महानगरपालिकामा देखाउर्न पर्दैन ।
स्थानियको बिरोध पछी पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ । आज बिहान देखी पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा नै लैजाने गरेर फोहोर उठाउन थालेको छ ।
पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्युरोड, नयाँबजार, सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहर थुप्रिएको कारण पोखरा दुर्गन्धीत हुँदै गएको थियो ।
महानगरले वडा नं ३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफल जमिनमा फोहर व्यवस्थापनका लागि स्थायी संरचना बनाउने तयारी गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-