तनहुँ । बन्दिपुर गाउँपालिका-५ आधिखोलास्थित सडकमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना.४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १२ वर्षीय आयुस भुजेल, ५० वर्षीय चेत बहादुर घर्ती र ६९ वर्षीय सन बहादुर भुजेलको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-