२०८३ साउन १८, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पाँच वर्षमा धारा आयो अब ६ महिनामा पानी आउँछ ः गठबन्धन

गण्डकी प्रेस
बैशाख २२, २०७९ १९:५७ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार
पाँच वर्षमा धारा आयो अब ६ महिनामा पानी आउँछ ः गठबन्धन
20
SHARES
Share on FacebookShare on Twitter

पोखरा । स्थानीय निर्वान आउन केही दिन मात्र बाँकी हुँदा गठबन्धनको चुनावी प्रचारप्रसार तिव्र गतिमा अघि बढीको छ । पोखरा महानगरपालिकाको मेयर,उपमेयरमा उठेका धनराज आचार्य र कोपिला रानाभाटलाई भ्याईनभ्याई छ ।

उनीहरु महानगर बनाउने विभिन्न योजनाका साथ प्रत्येक वडा पुग्ने गरेका छन् । यस्तैमा विहिबार पोखरा २८,३१ र ११ मा चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न भएका छन् ।

घरदैलोमा जाँदा स्थानीयको एउटै आवाज सुनिन्छ ‘पोखरामा खानेपानीको समस्या भयो ।’ बितेको ५ वर्षमा खानेपानीको क्षेत्रमा उल्लेखनिय प्रगति नहुँदा पोखराबासीमा खिन्नता बढेको छ ।

खासगरी पोखरा २८ का स्थानीयले खानेपानीको समस्या भोग्नुपरेको छ । घरदैलो कार्यक्रममा पुगेका गठबन्धनका मेयर उपमेयरले आफु मात्रै बोल्ने काम नगरी स्थानीयको समस्यालाई सुनेर त्यसको समाधानको बाटो खोज्ने अभिव्यक्ति समेत दिएका छन् ।

पोखरा २८ सँगै अरु वडामा देखिएको खानेपानीको समस्या समाधान गठबन्धनले नै गर्ने मेयरका उम्मेदवार धनराज आचार्यले बताए । उनका अनुसार गठबन्धनबाट मेयरमा आफू र उपमेयरमा कोपिला रानाभाटसहित वडा तहमा पनि गठबन्धनको उम्मेदवारलाई जिताएमा जनताले पानीका लागि घण्टौंं हिड्न पर्ने छैन । उनले ६ महिनाभित्रै खानेपानीको व्यवस्थापन गर्ने बताए ।

वडा २८ को ओख्ले, आरुपाटा, डाँडा गाउँ, देउमाडी, माझठाना लाम्चे, सौर्य लगायतका अधिकांश भेगमा पानीको हाहाकार भएको उल्लेख गर्दै आचार्यले खानेपानीसँगै पर्यटन पूर्वाधारको विकास गर्ने जिम्मेवारी आफुहरुको रहेको उल्लेख गरे ।

उनले विगतका मेयर उपमेयरले विकासको आयोजना आफ्नो वडामा मात्रै केन्द्रित गरेको तर्क प्रस्तुत गरे । घोषणा पत्रमा भएका विषयहरुलाई पालना नगरेकै कारण पोखराको विकास पछाडि परेको भनाई उनको थियो ।

महानगरको नेतृत्व असक्षम र जनताप्रति इमानदार नभए विकासमा कस्तो बाधा पुग्छ त्यो विगतको सरकारले देखाएको उनले सुनाए ।
‘हामी घोषणापत्रको अक्षरांश पालना गर्नेछौं ।

यसअघि घोषणापत्र पालना नगरेकै कारण आज यो अवस्था आएको हो’,उनले भने,‘हिजो घोषणापत्र इमान्दारी पुर्वक पालना गरेको भए हामी यहाँ हुने थिएनौं । हिजोको नेतृत्व असक्षम र जनताप्रति इमानदार नभएका कारण गठबन्धन गरेका हौं ।’

पोखरा ३१ मा अवस्थित बेगनासतालको विकास फेवाताल जस्तै गर्ने विषयमा आफुहरु प्रतिबद्ध रहेको भनाई उनको थियो ।

‘पोखरा फेवातालको सहर मात्र नभई बेगनास र रुपातालको सहर पनि हो’, उनले भने, ‘हिजोको सरकारले पोखरा ३१ लाई उपेक्षा गर्यो,हामी गर्नेछैनौं । ३१ मा विकासको लहर ल्याउन गठबन्धनलाई जिताऔं ।’

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धनको नेतृत्वमा नै पोखरा महानगरले मुहार फेर्ने बताइन् । लामोसमय देखि कालिका माझठाना पूर्वाधार विकासको दृष्टिकोणबाट पछाडि परेको उल्लेख गर्दै उक्त ठाउँको पाखा,पखेरा र टोल टोलको विकास गठबन्धनले नै गर्ने प्रतिबद्धता उनको थियो ।

नेपाली काँगे्रस कास्कीका सभापती किशोरदत्त बरालले विकासका लागि राजनीतिक नाराको पछि लागेर नहुने बताए । उनले पाँच वर्षमा राजनीति नाराको पछि लाग्दा कालिकाका स्थानीयले पाउनुपर्ने विकास नपाएको बताए ।

उनले पार्टी भन्दा माथी उठेर असल र कुशल नेतृत्वलाई चुन्न आग्रह गरे । देशको लोकतन्त्र खतरामा पर्दा पाँच दल मिलेर लोकतन्त्रको रक्षाका लागि अघि बढेको उनले बताए ।

नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य श्रीनाथ बरालले संविधान जोगाउन र अग्रगामीको अन्त्य गर्न गठबन्धन गरेको बताए ।

‘हामिले किन बिद्रोह ग¥यौं । विगतमा हामीले दुईतिहाई मत पायौं तर घोषणा पत्र अनुसार काम हुन सकेन’, उनले भने, ‘पार्टीमा हामीले समस्याका कुरा उठायौंं तर पार्टी भित्र गुट उपगुट गर्ने, राम्रो कुरा नसुन्ने ।

सही कुरा गर्दा बेवास्ता गरियो त्यसैले गठबन्धन ग¥यौं ।’ अब प्रदेश र संघमा पनि गठबन्धनबाटै जानुपर्ने उनको धारणा थियो ।
घरदैलौ कार्यक्रममा नेपाली कांग्रेसकी महासमिति सदस्य सरस्वती गुरुङले आफ्नै पार्टीले अनावश्यक दबाब दिएर मानबहादुर जिसी अस्वस्थ भएको दाबी गरिन् ।

जिसीलाई स्वास्थ्य लाभको कामना गर्दैै स्वस्थ्य हुँदा पनि कुनै देखिने गरी काम गर्न नसकेको उनले टिप्पणी गरिन् । आफ्नै वडाको विकास नहारेको कारण पनि यसपटक गठबन्धनले नेतृत्व लिनुपर्ने भन्दै स्थानियलाई धनराज र कोपिलालाई मत दिएर विजयी गराउन उनको आग्रह छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रदेशका पहाडी र हिमाली जिल्लामा हिमपात र वर्षाको सम्भावना

आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

नदीमा डुबेर विद्यार्थीको मृत्यु प्रकरण: अनिश्चितकालीन निषेधाज्ञा जारी

नदीमा डुबेर विद्यार्थीको मृत्यु प्रकरण: अनिश्चितकालीन निषेधाज्ञा जारी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

अर्थमन्त्रीले भोली संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने, नियमावली निलम्बनको तयारी

पर्यटन क्षेत्र समेत बिस्तारै लयमा आएको छः अर्थमन्त्री

१७ औं संस्करणको लेखनाथ महोत्सव माघ १३ देखि

१७ औं संस्करणको लेखनाथ महोत्सव माघ १३ देखि