पोखरा महानगरपालिका मेयरमा उम्मेदवारी दिएका अटेरी अभियानका गणेश पौडेलको चुनाव चिन्ह लौरो निर्वाचन आयोगले फिर्ता लिएको छ ।
शनिवार लौरो चिन्ह पाएपछि प्रचार प्रसारमा लागेका गणेश पौडेलको चुनाव चिन्ह फिर्ता लिइएको हो ।
‘पहिले अरु स्वतन्त्र साथीहरुलाई चुनाव चिह्न रोज्न लगाएर बचेको लौरो मैले लिएको हुँ । तर, घर आइसकेपछि दिन मिल्दैन भन्दै खबर पठाएको छ,’ गणेश पौडेलले भने ।
मुख्य निर्वाचन अधिकृतक श्रीकृष्ण भट्टराईले आफूहरुको प्राविधिक त्रुटिका कारण समस्या भएको बताए ।
स्वतन्त्र उम्मेदवार बढी भएको ठाउँमा मात्रै लौरो चिह्न दिन सकिने तर, पोखरा महानगरको हकमा भने सात जना मात्रै स्वतन्त्र उम्मेदवार रहेकाले वर्णानुक्रममा लौरो परेको भनि जानकारी गराएका थियौ ।
पोखरामा मात्रै होइन मादि गाउँपालिकामा पनि लौरो थियो हामीले आग्रह गरेर त्यो हटाउन लगाएका छौ’ भट्टराईले भने । मतपत्रमा लौरो नै छापिदैन फेरी मतपत्रमा केहि नभएपछि ठुलो समस्या हुन्छ त्यसकारण फिर्ता लिन भनेको उनले भने ।
अटेरी समुहले अहिले निर्वाचन अधिकृतको कार्यालय अघि नाराबाजी समेत गरेका छन् । उनीहरुले यसको विरोध गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-