२०८० अशोज १३, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राप्रपा अब देशको ठुलो पार्टी बन्दैछ ः केन्द्रीय उपाध्यक्ष गुरुङ

गण्डकी प्रेस
बैशाख १७, २०७९ १५:४५ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार
राप्रपा अब देशको ठुलो पार्टी बन्दैछ ः केन्द्रीय उपाध्यक्ष गुरुङ
15
SHARES
Share on FacebookShare on Twitter


राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले आगामी चुनावमा पार्टी नेपालकै तेस्रो ठुलो पार्टी हुने दाबी गरेका छन् । पछिल्लो समय नेतृत्व परिवर्तन भएसँगै युवाहरुको आकर्षण राप्रपाप्रति बढेको उनले बताए ।

‘पछिल्लो समयको तथ्यांकले यो देखाउँछ कि, हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति धेरै जनताको आशा धेरै बढेको छ । र, पार्टीमा पछिल्लो समय देखिएको आकर्षणले पनि यो कुरालाई पुष्टी गर्छ ।’

पोखरामा आयोजित राप्रपाको स्थानीय तह निर्वाचनका उम्मेदवार प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा राप्रपा केन्द्रीय उपाध्यक्ष गुरुङले भने–‘हामी धर्मयुद्धमा छौँ । र, यो कुरामा स्पष्ट हुनुहोस् कि अन्त्यमा धर्मकै जित हुन्छ ।’

पछिल्लो समय देशव्यापी रुपमा राप्रपा र राप्रपाले उठाएका मुद्दाको विषयमा सकारात्मक वहश चल्ने क्रम बढेको उनले बताए । पार्टीको यस्तो खाले माहौल बनेको ईतिहासमै पहिलोपटक भएको उनको दाबी छ । ‘राजेन्द्र लिंदेनको नेतृत्वले यो माहौल बनाएको हो । र, पार्टीको स्वरुप पनि अब चाँडै फेरिने निश्चित छ ’ उनले भने ।

गुरुङले राप्रपाका उम्मेदवारहरुलाई चुनाव जित्नका लागि अन्य दलका उम्मेदवारहरुलाई गालीगलौज नगर्न पनि सुझाव दिए । ‘हामीले हाम्रो एजेन्डाले जनताको मन जित्ने हो । र, चुनाव पनि त्यहि जनमतले जिताउने हो ।

हामी धार्मिक पार्टी हौँ र हामीले कसैलाई गाली गरेर आफुलाई चोख्याउने काम गर्नुहुँदैन ।’ गुरुङले भने–‘जनतामाझ गएर जबरजस्ती आफ्ना धारणा मात्रै नसुनाउनुहोस् । बरु सकेसम्म जनताको कुरा सुन्ने गर्नुहोस् ।’ उनले जनताले राजनीतिक विकल्प खोजेकोले त्यो विकल्प राप्रपा बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, केन्द्रीय सदस्य डा. महेन्द्रबहादुर केसी, राप्रपा नेता जयलाल पुन, जिल्ला अध्यक्ष नारायण गुरुङ लगाएतले बोलेका थिए ।

राप्रपाले आसन्न निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई उम्मेदवारको रुपमा अगाडि सारेको छ । पार्टीले देशभरीका स्थानीय तहमा कुल १२ हजार ४ सय ३७ जना उम्मेदवारलाई उठाएको छ ।

राप्रपामा ४४ जनाको प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टीमा शुक्रबार एकैदिन ४४ जनाले पार्टी प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि उनीहरुले राप्रपामार्फत आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउने निर्णय लिएका हुन् ।

विश्व हिन्दु महासंघका पुर्व कास्की जिल्ला अध्यक्ष पार्वता पौडेल, विश्व हिन्दु महासंघ कास्कीका साँस्कृतिक विभाग प्रमुख उषा माता, मनबहादुर विश्वकर्मा, सामाजिक अभियन्ता पुन्य पौडेल लगाएत ४४ जना राप्रपामा प्रवेश गरेको पार्टीले जनाएको छ ।

पार्टी प्रवेश गर्ने मध्ये पार्वता पौडेल काँग्रेस परित्याग गरि राप्रपा प्रवेश गरेकी हुन् भने मनबहादुर विश्वकर्मा नेकपा एमाले त्यागेर पार्टीमा प्रवेश गरेका हुन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
प्रमुख समाचार

तनहुँ बेनिटारबाट ट्याब्लेटसहित मुखिया पक्राउ

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु
प्रमुख समाचार

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै
खेलकुद

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन
प्रमुख समाचार

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त
प्रमुख समाचार

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन
समाचार

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
[email protected]
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

तनहुँ बेनिटारबाट ट्याब्लेटसहित मुखिया पक्राउ

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

पर्वतीय संग्रहालयमा अब फरक भूगोलका एकै हिमाली जनजीवन चिनाउने फोटो देखाउन सुरु

पर्वतीय संग्रहालयमा अब फरक भूगोलका एकै हिमाली जनजीवन चिनाउने फोटो देखाउन सुरु

चर्चित खबरहरु

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

कास्की प्रहरीले नै डाक्टर कुटे

कास्की प्रहरीले नै डाक्टर कुटे

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

दोबिल्लास्थित फुस्रे खोलामा डुबेर सुप्रियाको मृत्यु

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा