पोखरा महानगरपालिकाका नगर प्रहरी असई उपेन्द्र गिरी चुनाव प्रचार प्रसारमा हिडेका छन् ।
अस्थानीय कर्मचारीको रुपमा पोखरा नगर उपत्यका विकास समितिमा कार्यरत गिरी कार्यालय आउने गरेपनि चुनावी प्रचार प्रसारमा हिडिरहेका छन् ।
उनी नेकपा एमालेका कार्यकर्ता हुन् । तर, उनी आचार संहिता विपरित एमालेको चुनावी प्रचार प्रसारको घरदैलोमा हिडिरहेका छन् ।
कुनैपनि कर्मचारी पार्टीको झण्डा बोकेर हिड्न नपाउने प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले बताए ।
‘करारमै भएपनि पार्टीमा हिड्न पाउँदैनन् । यो आचार संहिता विपरित हो ।’ महानगर कर्मचारी स्रोतका अनुसार उनी कार्यालय विहान एकैछिन आउने र दिउँसो पार्टीको चुनाव प्रचारमा हिड्ने गरेका छन् ।
उनले भिडियो खिच्दै मैपनि एमाले सै पनि एमाले भन्दै सामाजिक संजालमा समेत चुनाव प्रचार प्रसार गरिरहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-