कास्की जिल्ला फुटबल संघको साधारण तथा ७ औं महाधिवेशन चलिरहेको छ ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले आफुले फुटबलमा लागेर धेरै कुरा गुमाएको दुखेसो पोखेका छन । उनले आफू अध्यक्षमा निर्वाचित भएर आइसकेपछी केन्द्रले रकम नदिदाँ जेलसम्म जान बाध्य भएको सुनाए ।
मुख्यमन्त्री कपको आयोजना गर्दै गर्दा प्रदेश सरकारले दिने रकम नदिदा ७ दिन जेल बस्न परेको सुनाए । उनले एन्फाले चार वर्षको अन्तरालमा ८-९ लाख रुपैयाँ मात्र जिल्लालाइ दिएको सुनाउदै आफुलाई ठूलो घोटलाको आरोप लगाएको बताए । उक्त आरोपको खण्डन गर्दै अध्यक्ष गुरुङले भने,” केन्द्रले वजेट दिएको भए पो हामिले गतिबिधी गर्न सक्छौ । केन्द्रले यो चार वर्षको अवधीमा जम्मा ८-९ लाख रुपैयाँ पायौ त्यसले के गर्ने ? अर्को कुरा भनेको मुख्य मन्त्री कप हो त्यहा प्रदेश सरकारले दिने ४० लाख रुपैयाँ आएको थिएन त मैले कसरी तिर्ने ? पदमा बसेपछी मैले खल्तीमा भएको रकम मात्रै सकिन धेरै गुमाए त्यो पीडा मलाई मात्र थाहा छ ” उनले आफू निर्वाचित हुदाँ देखि नै चलखेल हुँदै हटाउने षड्यन्त्र रचिएको सुनाए । कास्की जिल्लाको फुटबल विकासका लागि क्लबलाई बल दिने, दक्षिण एसियाकै नमुना भेडाबारी परियोजना, प्रशिक्षक/ रेफ्री प्रशिक्षण गराउनु अरुका लागि गलत भएको बताए । आफुले निस्वार्थ भावनाले लाग्दा समेत केही व्यक्तिले त्यसलाइ गलत तरिकाले प्रचार गर्दै आएको बताए । आउने पदाधिकारीलाई फुटबलको विकासमा लाग्न र राजनीति नगर्न आग्रह गरे ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-