अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की जिल्ला निर्वाचन ७ गते हुदैँछ । एन्फाको निर्वाचनमा बाहिरी रुपमा पुरै शान्त छ । तर, भित्री रुपमा भने अध्यक्ष आकांक्षीहरु निकै लागि परिरहेका छन् ।
एन्फाले बैशाख १ गतेदेखि १० गतेसम्म जिल्ला निर्वाचन सम्पन्न गर्न पत्राचार गरेसंगै कतै सर्वसम्मत रुपमा निर्वाचित भइरहेका छन् भने कतै चुनाव गर्ने तयारी भइरहेको छ ।
कास्कीको सवालमा भने ३ जना आकांक्षी देखिएका छन् जस मध्ये २ आकांक्षी अहिले सबैले देखिरहेका र चिनिरहेका छन् भने अर्का आकांक्षी भने ठुलो समय पछि फेरी फर्किएका छन् ।
फुटबल खेलमा लागिरहेका नविन पुन, विनोद गुरुङ र पुर्व फुटबल खेलाडी उज्जवल रन्जितले अध्यक्षका लागि आकांक्षी देखाएका छन् ।
उनीहरुले आन्तरिक रुपमा मतदातासंग भेटघाट देखि मत माग्ने सम्मको काम गरिरहेको कास्की जिल्ला फुटबल संघका एक सदस्यले जानकारी दिएका छन् ।
उनका अनुसार जिल्ला निर्वाचनमा ३ जनाबिच प्रतिस्पर्धा हुने पक्का भएको छ । ‘बाहिर कोहि पनि खुलेर आइसकेको अवस्था छैन् । तर, भित्री रुपमा व्यापक लागिपरेका छन्’ स्रोतले भने ।
नविन पुन सेभेन ए साइड महासंघ केन्द्र तथा लोकतान्त्रिक खेलकुद संग कास्कीका अध्यक्ष हुन् । पोखराको खेलकुद विकासका लागि पछिल्लो समय उनी सक्रिय देखिदँै आइरहेका छन् । उनले आफुले अध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरिसकेको बताए ।
अर्का आकांक्षी विनोद गुरुङ एन्फा फुटसल समिटि विभाग प्रमुख हुन् । तनहुँ जिल्ला फुटबल संघका कोषाध्यक्ष समेत रहेर काम गरिसकेका गुरुङ ।
उनले पहिलो पटक पोखरामा ठुलो प्रतियोगिता समेत ल्याउन सफल रहे । काठमाडौं केन्द्रित प्रतियोगितालाई राजधानी बाहिर लैजानेमा उनेको ठुलो भुमिका रहेको थियो ।
पोखरामा राष्ट्रिय फुटसल लिग सम्पन्न भएको थियो । उनी गार्डेन क्लबका अध्यक्ष समेत हुन् । गुरुङले कास्कीमा आफ्नो आकांक्षी रहेको सुनाए ।
अर्का आकांक्षी भनेको उज्जवल रन्जित हुन् । जिल्ला तथा तत्कालिन क्षेत्रीय स्तरका फुटबल प्रतियोगिता खेलिसकेका उज्जवलले कास्कीमा खेल जिवन विताए ।
हाल उनी व्यवसायीको रुपमा समेत परिचित छन् । उनले आफुले केहि नीति लिएर अध्यक्षको आकांक्षी देखाएको सुनाए । कास्कीलाई फुटबलमा कसरी राम्रो बनाउने भन्ने नै आफ्नो लक्ष्य रहेको उनले सुनाए ।
एन्फा कास्कीमा २२ वटा क्लबहरु आबद्ध रहेका छन् । प्रत्येक क्लबले १÷१ मताधिकार पाउनेछन् । एन्फा अध्यक्ष मिलन गुरुङ भने जिल्लामा नदोहोरिने देखिएको छ । उनले केन्द्रमा जाने तयारी गरिरहेका छन् ।
उनका अनुसार जिल्लाबाट नाम सिफारिस भएर गइसकेको छ । उनले निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भइसकेको जानकारी दिए । पोखरा रंगशालामा फुटबल मैदान निमार्णको चरणमा रहेकाले जिल्लाको आफ्नै कार्यालय नरहेका कारण मतदान स्थल भने अहिले नै नतोकिएको जानकारी दिए ।
‘हामीले सम्पुर्ण तयारी गरिसकेका छौँ । अब निर्वाचन गर्नमात्र बाकिँ छ ’ उनले भने । यस अघि जिल्ला निर्वाचन ३ पटकसम्म स्थगित भएको थियो ।
कास्की एन्फामा गार्डेन क्लब, इन्दे्रणी, नव आदर्श,डेभिस फल, रामघाट,आदर्श भण्डारढिक, ड्यामसाइड, भ्याली स्पोट्र्स क्लब,नयाँ गाउँ, संगम, श्री सत्य बि१३, एपेक्स, भदौरे, युनाइटेड, लेकसाइड, हेम्जा युनाइटेड, विष्णुपादुका, एबिसी, एलजी एसोसिएसन,शितल ज्योती, फुलबारी र सहारा क्लब रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-