२०८३ अशोज ५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बाहिर नखुलेका भित्रभित्रै चुनावी रणनीति बनाएका एन्फा अध्यक्षका ३ उम्मेदवार

गण्डकी प्रेस
बैशाख ४, २०७९ १२:२६ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
बाहिर नखुलेका भित्रभित्रै चुनावी रणनीति बनाएका एन्फा अध्यक्षका ३ उम्मेदवार
26
SHARES
Share on FacebookShare on Twitter

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की जिल्ला निर्वाचन ७ गते हुदैँछ । एन्फाको निर्वाचनमा बाहिरी रुपमा पुरै शान्त छ । तर, भित्री रुपमा भने अध्यक्ष आकांक्षीहरु निकै लागि परिरहेका छन् ।

एन्फाले बैशाख १ गतेदेखि १० गतेसम्म जिल्ला निर्वाचन सम्पन्न गर्न पत्राचार गरेसंगै कतै सर्वसम्मत रुपमा निर्वाचित भइरहेका छन् भने कतै चुनाव गर्ने तयारी भइरहेको छ ।

कास्कीको सवालमा भने ३ जना आकांक्षी देखिएका छन् जस मध्ये २ आकांक्षी अहिले सबैले देखिरहेका र चिनिरहेका छन् भने अर्का आकांक्षी भने ठुलो समय पछि फेरी फर्किएका छन् ।

फुटबल खेलमा लागिरहेका नविन पुन, विनोद गुरुङ र पुर्व फुटबल खेलाडी उज्जवल रन्जितले अध्यक्षका लागि आकांक्षी देखाएका छन् ।
उनीहरुले आन्तरिक रुपमा मतदातासंग भेटघाट देखि मत माग्ने सम्मको काम गरिरहेको कास्की जिल्ला फुटबल संघका एक सदस्यले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्ला निर्वाचनमा ३ जनाबिच प्रतिस्पर्धा हुने पक्का भएको छ । ‘बाहिर कोहि पनि खुलेर आइसकेको अवस्था छैन् । तर, भित्री रुपमा व्यापक लागिपरेका छन्’ स्रोतले भने ।

नविन पुन सेभेन ए साइड महासंघ केन्द्र तथा लोकतान्त्रिक खेलकुद संग कास्कीका अध्यक्ष हुन् । पोखराको खेलकुद विकासका लागि पछिल्लो समय उनी सक्रिय देखिदँै आइरहेका छन् । उनले आफुले अध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरिसकेको बताए ।

अर्का आकांक्षी विनोद गुरुङ एन्फा फुटसल समिटि विभाग प्रमुख हुन् । तनहुँ जिल्ला फुटबल संघका कोषाध्यक्ष समेत रहेर काम गरिसकेका गुरुङ ।

उनले पहिलो पटक पोखरामा ठुलो प्रतियोगिता समेत ल्याउन सफल रहे । काठमाडौं केन्द्रित प्रतियोगितालाई राजधानी बाहिर लैजानेमा उनेको ठुलो भुमिका रहेको थियो ।

पोखरामा राष्ट्रिय फुटसल लिग सम्पन्न भएको थियो । उनी गार्डेन क्लबका अध्यक्ष समेत हुन् । गुरुङले कास्कीमा आफ्नो आकांक्षी रहेको सुनाए ।

अर्का आकांक्षी भनेको उज्जवल रन्जित हुन् । जिल्ला तथा तत्कालिन क्षेत्रीय स्तरका फुटबल प्रतियोगिता खेलिसकेका उज्जवलले कास्कीमा खेल जिवन विताए ।

हाल उनी व्यवसायीको रुपमा समेत परिचित छन् । उनले आफुले केहि नीति लिएर अध्यक्षको आकांक्षी देखाएको सुनाए । कास्कीलाई फुटबलमा कसरी राम्रो बनाउने भन्ने नै आफ्नो लक्ष्य रहेको उनले सुनाए ।

एन्फा कास्कीमा २२ वटा क्लबहरु आबद्ध रहेका छन् । प्रत्येक क्लबले १÷१ मताधिकार पाउनेछन् । एन्फा अध्यक्ष मिलन गुरुङ भने जिल्लामा नदोहोरिने देखिएको छ । उनले केन्द्रमा जाने तयारी गरिरहेका छन् ।

उनका अनुसार जिल्लाबाट नाम सिफारिस भएर गइसकेको छ । उनले निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भइसकेको जानकारी दिए । पोखरा रंगशालामा फुटबल मैदान निमार्णको चरणमा रहेकाले जिल्लाको आफ्नै कार्यालय नरहेका कारण मतदान स्थल भने अहिले नै नतोकिएको जानकारी दिए ।

‘हामीले सम्पुर्ण तयारी गरिसकेका छौँ । अब निर्वाचन गर्नमात्र बाकिँ छ ’ उनले भने । यस अघि जिल्ला निर्वाचन ३ पटकसम्म स्थगित भएको थियो ।

कास्की एन्फामा गार्डेन क्लब, इन्दे्रणी, नव आदर्श,डेभिस फल, रामघाट,आदर्श भण्डारढिक, ड्यामसाइड, भ्याली स्पोट्र्स क्लब,नयाँ गाउँ, संगम, श्री सत्य बि१३, एपेक्स, भदौरे, युनाइटेड, लेकसाइड, हेम्जा युनाइटेड, विष्णुपादुका, एबिसी, एलजी एसोसिएसन,शितल ज्योती, फुलबारी र सहारा क्लब रहेका छन् ।

सम्बन्धित समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित
प्रमुख समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक
अर्थ

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ
प्रमुख समाचार

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

चर्चित खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

आयल निगमले ५ विद्यार्थी संगठनलाई वार्तामा बोलायो

निजी र सरकारी सवारीसाधनमा जोर बिजोर लागू गर्न निगमको प्रस्ताव

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक