मुस्ताङ÷ मुस्ताङको छुङगुरमा महिलाहरुले लगाउने किट्टी बुन्ने तालिम शुरु भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ मा पर्न छुङगुरमा महिलाहरुको लागि एक महिने तालिमको पालिकाका उपाध्यक्ष दिकी गुरुङले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले तालिमले महिलाहरुको सीप विकास गर्नुका साथै आर्थिक उर्पाजनका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
किट्टी मुस्ताङमा रहेका विभिन्न समुदायका संस्कारमा आवश्यक पर्न पहिरन भएकाले यसको संरक्षण अति आवश्यक रहेको उनले बताए साथै उनले महिलाहरुको सीप विकासका लागि गाउँपालिका सदैव लागिरहेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले महिलाहरुको यो तालिमले सामाजिक,आथर््िाक परिवर्तन ल्याउन निकै सहयोगी हुने बताए ।
उनले यस्ता सिर्जनात्मक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । कुल १० जना सहभागी तालिमको उद्घाटन समारोहमा सोनाम गुरुङले स्वागत मन्तव्य र वडा सदस्य ढावा छिरीङले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रम आमा समुहकी अध्यक्ष युटीन गुरुङको अध्यक्षतामा भएको थियो ।




























प्रतिक्रिया लेख्नुहोस्:-