त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले मलेसियामाथि ८५ रनको जित हात पारेको छ ।
घरेलु मैदान टियु क्रिकेट मैदानमा भएको प्रतियोगितामा २ सय २४ रनको लक्ष्य पक्ष्याएको मलेसिया १९.५ ओभरमा १ सय ३८ रनमा अल आउट हुन पुग्यो ।
नेपाललाई ८५ रनको जित दिलाउन दीपेन्द्र सिंह ऐरीले महत्वपुर्ण भुमिका खेले नेपाललाई जिताउन दीपेन्द्रले १ सय १० रनको शतकीय इनिङ खेल्नुको साथै २ विकेट लिएका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए ।
मलेसियाका लागि ओपनर विरनदीपसिंहले २६ बलमा ९ चौकासहित सर्वाधिक ४७ रनमा आउट भए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।
कमलसिंह ऐरीले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शतक प्रहार गरेका दीपेन्द्रले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलले १–१ विकेट लिए ।
त्यस अघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो ।



























प्रतिक्रिया लेख्नुहोस्:-