गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य विखर्चीले आफ्नै पुस्तक जलाएका छन् ।

बिखर्चीले लेखेका ‘लमजुङ र पृथ्वी सुब्बा’ नामक पुस्तकमा तमु समुदायको सम्मानप्रति अपमान गरेको भन्दै सांकेतिक रुपमा पुस्तक च्यात्ने र जालाएका छन् ।
बिखर्चीले लेखेको पुस्तकले गुरुङ समुदायको आत्मा सम्मानमा ठुस पुगेको भन्दै विभिन्न गुरुङ समुदायले विरोध समेत गरेका थिए ।
सामाजिक सञ्जाल मार्फत विरोध जनाउँदै कुलपति बिखर्चीले २४ घण्टाभित्र पदबाट राजिनामा दिने, माफि माग्नुपनेृ र पुस्तकको सबै प्रति नष्ट गर्नुपर्न भन्दै गुरुङ समुदायका संस्थाहरुले गण्डकी प्रज्ञा प्रतिष्ठानको कार्यालयमा तालाबन्दी गरि घेराउ गर्ने माग राख्दै विज्ञप्ती प्रकाशित गरेको थियो ।
२०७८ कार्तिक १७ गते प्रकाशित ‘लमजुङ र पृथ्वी सुब्बा’ मा पृथ्वी सुब्बा गुरुङको पुख्र्यौली विषयभित्र परिच्छेद २ मा ‘गुरुङ जातिहरुमध्ये उच्च स्तरको चार जात र निम्न स्तरको सोह्र जात भनेर पनि चिनिन्छ । यिनी चार जाते हुन् ।’ यिनी भनेर उनले पृथ्वीसुब्बालाई भनेका छन् ।
उक्त वाक्यांशले तमु समुदायमा ठुलो अपमान भएको भन्दै विरोध भएको हो । कुलपति विखर्चीले भौतिक रुपमा उपस्थिति हुदैँ आफैले लेखेको पुस्तक जलाएका हुन् ।
उनले विज्ञप्ती मार्फत समेत क्षमा मागेका छन् । ‘मिति २०७८ किर्तिकमा प्रकाशित ‘लमजुृङ र पृथ्वीसुब्बा’ कृतिको पृष्ठ नं. १५ को दोस्रो अनुच्छेदमा रहेका केही अभिव्यक्तिहरु नेपालको संविधानको मर्म विपरित रहेको र समुदायमा असमानता ल्याउने तथा समुदायमा विचलन खडा गर्ने खालको रहेको ठहर भएको हुँदा उक्त अभिव्यक्तिलाई २०७८ साल फागुनमा पुनः पुस्तक प्रकाशन गर्दा सच्याईएको व्यहोरा अनुरोध गर्दै पहिलो संस्करण संचित सबै प्रतिहरु कम्प्युटरमा रहेका डिजिटल कपि समेत नष्ट गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
उनले भनेका छन्,‘म बाट अन्जानमा हुन गएको मानविय त्रुटीका कारण यहाँहरुमा पर्न गएको आघातप्रति हृदयदेखी क्षमायाचना गर्दछु र आगामी दिनमा जान–अन्जानमा कुनै पनि भूल नगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
प्रतिक्रिया लेख्नुहोस्:-