पोखरा- सानैदेखी गायन क्षेत्रमा रुची भएकी गगांदेवी क्षेत्री (गंगा पौडेल) लाई यतिबेला मेला महोत्सवमा भ्याई नभ्याई छ । लोकदोहोरी गितमा स्थानीय स्तरमा ख्याती कमाएकी स्याङ्जा आधिँखोला गाउँपालिका ५ की गंगाले ४ भन्दा बढि दोहोरी गीत पनि गाइसकिन् ।
संयुक्त परिवारमा जन्मिएकी उनको यात्रा विद्यालयहुदैँ अहिले जिल्ला मात्र नभई भारतसम्मै पुगिसकेको छ । भारत समेत पुगेर लोक दोहोरी गायएकी गंगा अहिले २६ वर्षकी भईन् ।
सानो उमेरमा गीत गाएरै पाएको उपाधीहरु २०७२ सालको भुकम्पले पुरियो । आफुले पाएका पुरस्कार हेरेर फुरु® हुने गंगाले ती सानो उमेरमा पाएको उपाधीहरु अहिले फेरी पाउन नसकेकोमा निकै दुःखी हुन्छिन् ।
भुकम्प जादाँका दिनमा पनि उनी विद्यालयको वार्षिकोत्सवमा गाउने तरखरमा थिइन् । ‘मैले जितेको पुरस्कार भुकम्पको बेला पुरियो । म सुत्ने कोठा भत्किएको थियो त्यतिबेला सबै पुरियो’ उनले भनिन्,‘त्यो दिन म विद्यालयको वार्षिकोत्सवमा गाउने भनेर तयार गरिरहेको थिएँ । विद्यालयमा थिए तर गाउन पाइएन् ।’
घरमा क्षति पुगेपनि मानविय क्षति भने नभएको उनले बताइन् । १२ कक्षाको पढाइपछि अहिले उनी पुर्ण रुपमा गायन क्षेत्रमै व्यस्त हुन थालेकी छिन् । ‘मेरो सानैदेखीको रुची नै गायन क्षेत्रमा थियो । मैले आधुनिक गाउँदिन लोक दोहोरिमात्र गाउँछु ।’ उनले आफुले गाउँदै गर्दा विद्यालयमा शिक्षकहरुले पनि स्वर राम्रो भएकाले गायत क्षेत्रमै लाग्न भनेको र परिवारबाट समेत सहयोग प्राप्त गरेको सुनाउँछिन् ।
लोकदोहोरीलाई माया गर्ने उनले आफुले लोकदोहोरी गीतकै क्षेत्रमा भविष्य खोजिरहेकी छिन् । हाल पोखराको विरौटा बस्ने उनले दोहोरी साँझमा गीत गाएरै आर्जन गर्छिन् । उनले तिजको गीत २ वटा, रत्यौली १ र लोकदोहोरी गरी ४ भन्दा बढि गीत गाइसकिन् ।
उनी अहिले लोक दोहोरीको लाइभ दोहोरी समेत लागिपरेकी रहेकी छिन् । लोक दोहोरी नेपाली समुदाय र संस्कृतिसंग जोडिएका कारण आफु यसैमा रमाउन चाहेको उनले बताइन् । उनले गीत गाउन मात्रै होइन नाच्न पनि उत्तिकै मन पराउँछिन् ।
उनको पहिलो एल्बम ‘मुटुभित्र तिम्रो नाम लेख्न मात्रै भो’ हो । त्यो बाहेक किरण बाबु, रामजी पौडेल लगायत गायकहरुसंग समेत गाएकी छिन् । उनले भविष्य भन्दा पनि रुचीका कारण आफु लागेको बताईन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-