काठमाडौं । तनहुँ, म्याग्दे गाउँपालिका १ तल्लो गुणादीस्थित सडकमा ना ३ ख ४६९१ नम्बरको ट्रकले ग ५ प ६०८३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक ऋषिङ गाउँपालिका २ कासीपुर बस्ने १९ वर्षीय तारन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, लालबन्दी नगरपालिका १७ कालिनजोर पुलस्थित सडकमा बिआर ०६ बिएम १५३७ नम्बरको कार अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा कार चालक भारत सितामढी बयलडाबड धनुषी बस्ने २२ वर्षीय नबिन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय गढिमाई अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
अछाम, पञ्चदेवल बिनायक नगरपालिका ५ लयाटीस्थित सडकमा भे १ त ८९३४ नम्बरको ट्याक्टर बुधबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २५ वर्षीय भुपेन्द्र शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै जिल्ला अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीस्थित सडकमा बागमती प्रदेश ०३-००१ ख १३६५ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अदाजी ४० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-