पोखरा । आगामी स्थानीय तहको निर्वाचनमा कास्कीमा २५ दलले भाग लिने भएका छन । आगामी स्थानीय तहको निर्वाचनमा प्रत्येक जिल्लामा चुनाव लड्ने दलको संख्या तय भएको छ।
निर्वाचन आयोगले गरेको आह्वान अनुसार जिल्लास्तरमा चुनाव लड्ने प्रयोजनका लागि दर्ता भएका दलको संख्या टुंगो लागेको हो। आयोगले जिल्ला स्तरमा प्रतिस्पर्धा गर्ने दलको संख्या भएको जनाएको छ।
राष्ट्रिय मान्यता प्राप्तसँगै ७९ दलले आगामी निर्वाचनमा भाग लिँदै छन्। जसमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त र ७३ वटा अन्य दल छन्। उनीहरूलाई आफ्नो चिह्नमा चुनाव लड्न पाउनेछन्।
दलहरूले दिनएको निवेदनअनुसार, फरकफरक जिल्लामा फरकफरक मत्रपत्र बन्ने भएको छ। केन्द्रमा दर्ता भएका ७९ दलमध्ये काठमाडौंमा सबैभन्दा बढी ४० दलले प्रतिस्पर्धा गर्ने भएका छन्। त्यस्तै, सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा पाँच-पाँच दलले प्रतिस्पर्धा गर्नेछन्।































प्रतिक्रिया लेख्नुहोस्:-