पोखरा । पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको छ । देशभरका स्थानीय तहका न्यायिक समिति संयोजकहरुको सहभागिता रहेको सम्मेलनको उद्धघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । देशभरबाट नगरपालिका तथा गाउँपालिकाका उपप्रमुखहरु त्था न्यायिक समितिका सदस्यहरुको सहभागिता भइरहँदा कांग्रेसले भने बहिष्कार गरेको छ ।
पोखरा महानगरपालिका भित्र रहेका ३३ वटा वडा मध्ये ११ वडाका जनप्रतिनीधिले बहिष्कार गरेका हुन् । उनीहरुले एमालेले चुनावी एजेन्डा बनाएको भन्दै बहिष्कार गरेका हुन् । पोखरा महानगरपालिका वडा ९ का वडा अध्यक्ष तथा प्रमुख दल सचेतक समेत रहेका राजराज लामिछानेले स्वार्थपुर्तिका लागि सम्मेलनको आयोजना गरेको आरोप लगाएका छन् ।
सम्मेलनमा पोखराको त्रिवर्षिय योजनाको पुस्तिका समेत सार्वजानिक गरिएको छ । राष्ट्रपति भण्डारीले न्यायिक समितिको संयोजकमा महिलाहरु रहेको र न्यायको विषयमा परिपक्व र क्षमतावान हुदैँ गएकाले आगामी बैशाख ३० को निर्वाचनमा महिला उम्मेदवार दिन आग्रह गरिन् । ‘यो सम्मेलन सम्मेलनको रुपमा मात्रै नभई स्वतन्त्र र निष्पक्ष न्याय गर्नका लागि साझा धारणा बन्ने किसिमको बनोस’ उनले भनिन्,‘न्याय दिनु सामान्य कुरा होइन् । संघीयतामा स्थानीय तहले न्याय दिनु असल अभ्यास हो ।’
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पिडितका लागि कम झमेला हुनेगरी काम गर्ने बातावरण बनाउने वातावरण तयार गर्न आग्रह गरे । उनले न्यायिक समिति धेरै सकरात्मक भएपनि प्रतिनीधिहरुमाथि सद्यैँ प्रश्न उठ्ने गरेको बताए । उनले दत्तचित्त भएर न्यायको क्षेत्रमा लाग्न आग्रह गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले न्यायिक समितिमा अधिकांश महिला नेतृत्व रहेकाले महिलाको क्षमतामा वृद्धि भएको बताए । उनले राजनीतिक परिस्थितिले सरकार फेरिएपछि बजेटको अभाव भएकाले गर्नपर्ने धेरै काम गर्न नसकेको बताउँदै न्यायिक समितिका लागि आवस्यक पुर्वाधार निमार्ण गर्नु महत्वपुर्ण भएकाले सबै स्थानीय तहले त्यस तर्फ ध्यान दिन दिनुपर्नेमा जोड दिए ।
उच्च अदालत पोखराका न्यायधीश डिल्लीराज आचार्यले न्यायिक क्षेत्रमा अपर्याप्त अधिकार रहेको बताए । उनले न्यायिक समितिको अधिकारको क्षेत्र वृद्ध गरिदिन राष्ट्रपतिलाई आग्रह समेत गरे । उनले अहिले स्रोत र साधनको समते कमि रहेकाले काम गर्न सक्ने बातावरण अझै सिर्जना भइनसकेको बताए । न्यायिक समितिको राष्ट्रिय सम्मेलनमा २ सय भन्दा बढी न्यायिक समितका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-