पोखरा । देशव्यापी बन्दै गएको अटेरी अभियानमा उम्मेदवार थपिने क्रम जारी छ । पोखराबाट सुरु भएर देशव्यापी बनेको यो अभियानमा पोखराको मेयरमा गनेस पौडेलले सुरु गरेका हुन ।
पोखरा महानगरका वडा अध्यक्षमा पोखरा ३ मा महेश उदास, ६ मा पे्रम बहादुर केसी, १० रोहेल खान, १३ मा अमृत बहादुर विश्कर्मा, १४ सुजन कार्की, २० मा निलराज गौतम, २१ मा सागर पौडेल, २५ मा सोमनाथ अधिकारी, २६ मा नवीन ढुंगानाले उमेद्दवारी घोषणा गरेको अभियानका निर्वाचन संयोजक हरि कार्कीले जानकारी दिए ।

वडा सदस्यमा पोखरा १९ बाट सुशिल क्षेत्रीले उमेद्दवारी घोषण गरेका छन । पोखरा २४ मा जिवन सागर अधिकारीले उमेद्दवारी दिने भएका छन । अहिलेसम्म उनको पद खुलाइएको छैन । अटेरीले विभिन्न जिल्ला गदै देशभरी नै अभियान अघि बढेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-