काठमाडौं । बागलुङ, बागलुङ नगरपालिका ३ मुलपानी बस्ने प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने दिवसराज पन्त लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । रेग्मीको घरमा कौडा (जुवा) खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका ६ डेरा गरी बस्ने ३८ वर्षीय हंस बहादुर नेम्वाङको कोठामा तास खेलिरहेको अवस्थामा नेम्वाङ सहित १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ, भारतीय २२ हजार ५ सय रूपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-