काठमाडौं । आफ्नै श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ(थापा)को हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका १३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिबादको कारण भक्तले धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई हतियार सहित पक्राउ गरेको हो । घाइतेलाई तत्काल उपचारको लागि चुनिखेलस्थित करुणा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-