२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरियाले प्रतिबन्धित अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

गण्डकी प्रेस
चैत्र ११, २०७८ ०९:२७ मा प्रकाशित
अन्तराष्ट्रिय, समाचार
कोरियाले प्रतिबन्धित अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण
18
SHARES
Share on FacebookShare on Twitter

सोल — उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक प्रतिबन्धित अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेको दक्षिण कोरिया र जापानले जनाएका छन् । जापानी अधिकारीका अनुसार एक घण्टाभन्दा बढी समयसम्म करिब १ हजार १ सय मिटर उचाइमा उडेको क्षेप्यास्त्र दक्षिणतर्फको जापानी पानीमा खसेको थियो । (आईसीबीएम) क्षेप्यास्त्रले हजारौं किलोमिटर टाढासम्म मार हान्न सक्छ । सैद्धान्तिक रूपमा उक्त क्षेप्यास्त्रले अमेरिकी भूमिसम्म प्रहार गर्न सकिन्छ ।

पछिल्ला केही सातामा उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्रको परीक्षण गरेको छ । तीमध्ये केही आईसीबीएम प्रणालीको परीक्षण भएका दक्षिण कोरिया र अमेरिकाको दाबी छ । तर उत्तर कोरियाले भने भू–उपग्रह प्रणाली प्रक्षेपण गरिएको बताएको छ ।

उत्तर कोरियाले बिहीबार गरेको परीक्षण ५ वर्षअघिको क्षेप्यास्त्रभन्दा बढी शक्तिशाली भएको जनाइएको छ । सन् २०१७ मा परीक्षण गरिएको क्षेप्यास्त्र ६ हजार किलोमिटरभन्दा बढी उचाइमा पुगेको थियो । उत्तर कोरियाली कदमलाई दक्षिण कोरियाली सेनाले पनि विभिन्न क्षेप्यास्त्र परीक्षण गरेर जवाफ दिएको बीबीसीले जनाएको छ । दक्षिणले जमिन, समुद्र र हावाबाट ५ वटा क्षेप्यास्त्र परीक्षण गरेको हो ।

पछिल्ला दिनहरूमा उत्तर कोरियाले पूर्ण क्षमताको आईसीबीएम परीक्षणको तयारी गरिरहेको भन्दै अमेरिका र दक्षिण कोरियाले चेतावनी दिएका थिए । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले क्षेप्यास्त्र परीक्षण गर्ने उत्तर कोरियाली कदमको भर्त्सना गरेका छन् । उक्त कदम राष्ट्रसंघको प्रतिबन्ध र किम आफैंले गरेको प्रतिबद्धताविपरीत भएको मुनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक क्षेप्यास्त्र तथा परमाणु अस्त्र परीक्षणमा प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाली नेता किम जोङ–उनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ४ वर्षअघि भएको वार्तापछि उत्तर कोरियाले लामो दूरीका क्षेप्यास्त्र परीक्षणमाथि अस्थायी रोक लगाएको थियो । तर सन् २०२० मा किमले उक्त प्रतिबद्धता मान्न आफू बाध्यकारी नभएको बताएका थिए ।

सन् २०१७ मा उत्तर कोरियाले परीक्षण गरेको ह्वासोङ–१२ आईसीबीएम क्षेप्यास्त्र ४ हजार ५ सय किलोमिटरको उचाइसम्म पुगेको थियो । ह्वासोङ–१४ भने ८ हजार किलोमिटर उचाइमा पुगेको थियो । यो क्षमताका जमिनबाट प्रहार गर्न सकिने क्षेप्यास्त्र अमेरिका, रुस र चीनसँग मात्रै छन् । कतिपय विज्ञले सन् २०१७ मा परीक्षण गरिएको क्षेप्यास्त्र नियमित बाटोअनुसार प्रहार गरिएको भए १३ हजार किलोमिटरको उचाइमा पुग्न सक्ने बताउने गरेका छन् । त्यसको अर्थ उक्त क्षेप्यास्त्रले अमेरिकाको जुनसुकै स्थानमा प्रहार गर्न सम्भव हुन्छ । उत्तर कोरियाले बिहीबार गरेको परीक्षण पुङ्ग–री परमाणु केन्द्रबाट गरिएको बीबीसीले उल्लेख गरको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए