नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका नायक पल शाह (पुर्ण विक्रम शाह) ले आदातलमा दिएको बयान उनकै विरुद्धमा देखिएको छ ।

आफुले बालिगलाई रातको समयमा बालिगको कोठामा जानु गलत रहेको ठहर भएको छ । उनलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

जिल्ला अदालत तनहुँले जारी गरेको आदेशमा भनिएको छ ‘यस प्रकारको प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई जवरजस्ती करणी गरेको कुरामा पूर्णत : इन्कार गरेको भएतापनि निजले मौकामा गरेको बयान हेर्दा राती १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसंग खाई बाकि रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई निज प्रतिबादीले स्वीकार गरेको पाइयो ।’

उनका म्यानेजर कृष्ण जोशीलाई भने धरौटिमा छाडिएको छ ।




उनले धरौटि दिए तारिखमा आउनुपर्नेछ । यदि धरौटि दिन नसकेको खण्डमा उनीपनि जेल चलान हुनेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-