पोखरा । जिल्ला अदालत कास्कीमा गए राती चोरीको प्रयास भएको छ ।
अहिलेसम्म चोरी भएको बस्तु नखुलेको कारण अवैधानीक प्रवेश भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । बुधबार बिहान अदालतका सफाइका कर्मचारीले सफा गर्र्ने क्रममा १ नम्बर इजालस र ६नम्बर इजालसको तोडफोड गरेको देखिएको थियो ।
अहिले तोडफोड भएका इजालसको फाईल चोरी भएको छ की छैन भनेर रुजु गरिदै छ । थप विवरण आउन बाँकी छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-