२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा फोहोर नउठदा गिद्धलाई समस्या, ४ दिनमा आधा गिद्ध घटे

विजय नेपाली
चैत्र ५, २०७८ २०:०७ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
पोखरामा फोहोर नउठदा गिद्धलाई समस्या, ४ दिनमा आधा गिद्ध घटे
83
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका यतिबेला दुई कुरामा अल्झिएको छ । पहिलो कुरा हो फोहोर विसर्जन क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानीयको अवरोध अर्को हो अन्तराष्ट्रिय विमान स्थलका कारण ल्याण्डफिल्ड क्षेत्र अन्यत्र लैजाने । महानगरका सडकमा ४ दिनदेखि फोहोर थुप्रिन थालेको छ पोखरा १४ छिनडाँडाका स्थानीयले फोहोर बोक्ने सवारीमा निषेध गर्दा समस्या उब्जिदाँ पोखरावसी त समस्यामा परेकै छन् त्यसले गिद्धलाई समेत असर गरिरहेको छ ।

पोखरामा विश्वमै लोपोन्मुख हुन लागेको गिद्ध समेत भेटिन्छ । नेपालमा पाइने ९ प्रजातिमध्ये पोखराको डम्पिङक्षेत्रमा ६ प्रजातिका गिद्ध पाइन्छ । पोखरामा पाइने गिद्ध र चिलको मुख्य खानाको स्रोत भनेकै फोहोर विसर्जन क्षेत्र हो । ४ दिन महानगरको फोहोर नउठ्दा डम्पिङक्षेत्रमा आउने गिद्धको संख्या ह्वात्तै घटेको छ । एकातिर फोहार नउठ्दा सहर दुर्गन्धीत भइरहेको छ भने अर्का तिर फोहोरमै आहारा खोजेर खाने पंक्षीहरुलाई समेत असर गरिरहेको छ ।

स्थानीयको विरोधले फोहोर नआउँदा अहिले उक्त क्षेत्रमा ४०/४५ को हारहारीमा गिद्धहरु आएका छन् । महानगरले नागरिकका समस्यालाई त सम्झाउने कोसिस गरिरहेको छ तर, ती गिद्धहरुको आहाराका लागि भने ज्ञान नै छैन् । विगत दुई हप्तादेखी डम्पिङ क्षेत्रमा गिद्धको अध्ययन गरिरहेका अमन सुनारले आफुले फागुनको अन्तिम सम्ममा १ सय २० भन्दा बढि गिद्ध देख्ने गरेपनि ४ दिनदेखी भने संख्या घट्दै गइरहेको जानकारी दिए ।

उनले आफुले गिद्ध बारे अध्ययन गरिरहँदा फरक कुरा त्यहाँ पाएको सुनाए । गिद्धबारे थेसिस गरिरहेका उनले गिद्धका लागि फोहोर बोक्ने गाडी खाना ल्याउने सवारीको संकेतको रुपमा रहेको बताए । ‘मैले सुरुमा सोचेको थिए । यहाँ गाडी नआउनेभए, मान्छेहरु नहुने भए गिद्ध र चिलको संख्या कति धेरै हुनेथियो । तर, म पुरै गलत रहेछु’ उनले भने,‘यहाँ त फोहोर आयो भनेमात्र गिद्धलाई आहारा हुने रहेछ । मैले ४ दिनअघिसम्म १ सय २० भन्दा माथि गिद्ध गनिरहेको थिए अहिले संखया ह्वातै घटेको छ । आज त ४० –४५ मात्र देखिए ।’
उनले गिद्धले सो क्षेत्रमा सिनो पाउने भएकाले नै त्यहाँ आएको र खाना नपाउँदा अन्यत्र गएको बताए । उक्त क्षेत्रमा अति लोपोन्मुख अवस्थामा रहेको स्लेन्डर विल्ड अर्थात खैरो गिद्ध समेत भेटिएको बताए ।

महानगरमा फोहार नउठँदा दुई कुरामा वेफाइदा भएको उनले बताए । उनले सहरमा फोहोर हुदाँ आम नागरिकको स्वास्थ्यमा समस्या आउने खतरा भइरहेको र वातावरणलाई समेत असर गरेको छ भने उता गिद्धलाई खाना नमिल्दा त्यहाँबाट गएको बताए । उनले गिद्धहरु जहाँ खाना पायो त्यहि नै जाने बताए । उक्त क्षेत्रमा ३० वटा हिमाली गिद्ध, ९ वटा डंगर गिद्ध, २ वटा सुन गिद्ध,१ सय २० वटा सेतो गिद्ध, ४ वटा राजा गिद्ध र २ वटा सानो खैरो गिद्ध र चिल देखा परेको बताए ।

स्थानीयले डम्पिङक्षेत्र अन्यत्र सार्ने र पुराना सहमति कार्यान्वयन गर्नुपर्ने माग सहित आन्दोलन गरिरहेका छन् । महानगरको लापरवाहीका कारण यतिबेला सहर प्रदुषित भइरहेको छ । उता अन्तराष्ट्रिय विमान स्थलका कारण गिद्धको लोप हुने खतरा समेत देखिएको छ । आकाशमा डुलिरहने हुदाँ हवाईजहाजमा ठोक्किने सम्भावना प्रवल रहेकाले सेनाले गोली हानी मार्न सक्ने खतरा समेत रहेको छ । ‘वातावरणलाई सन्तुलन राख्न गिद्धको ठुलो हात हुन्छ । यसलाई जोगाइराख्नु राज्यको दायित्व हो । अब त गिद्धको अस्तित्वमा खतरा देखियो’ उनले भने ।

स्थानीयहरुले भने २८ वुदे सहमति प्रगतिदेखिने गरी कार्यान्वयन, ल्याव सहितको स्तरीय स्वास्थ्य केन्द्र स्थापना, ल्याण्डफिल्ड जाने गेट १ र २ को बाटो तत्कालै पिच, दाहासंस्कार स्थलसम्म सडक र शवदाह गृह निमार्ण, पोखरा १४,२१ र ३३ जोड्ने मोटरेवल पुल डि.पि.आरको खोजी र प्रभावित क्षेत्रको खेलमैदान स्तरोन्नती गर्नुपर्ने माग राखेका छन् । उक्त माग पुरा भए अर्को ल्याण्ड फिल्ड साइट नभेटेसम्म फोहोर विसर्जन गर्न दिने ।

ल्याण्ड फिल्डसाइड साइड जनसरोकार समितिका अध्यक्ष बोधराज कार्कीले बताए । उता सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले स्थानीयको अवरोध र केहि मागका कारण फोहोर विसर्जन गर्न नदिदाँ सहरको फोहोर उठन नसकेको बताइन् । उनले पोखरामा यसले निकै समस्या परेपनि आफुहरु फोहोर अव्यवस्थित देख्न बाध्य भएको बताइन् ।

तस्विर सौजन्य : अमन सुनार 

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए